सुँगुरमा मात्र पाइने स्वाइन फ्लुको स्ट्रेन पहिलोपटक मानिसमा भेटियो
काठमाडौं । बेलायतमा स्वाइन फ्लुको नयाँ केस बाहिर आएको छ । सुंगुरमा पाइने स्वाइन फ्लुको स्ट्रेन मानिसमा देखिएको यो पहिलो घटना हो ।
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (युकेएचएसए) ले बेलायतमा पहिलो पटक मानिसमा स्वाइन फ्लूको स्ट्रेन पत्ता लागेको जनाएको छ । यी व्यक्ति सास फेर्न गाह्रो भएपछि परीक्षणका लागि आएका थिए ।
अनुसन्धानका क्रममा ती व्यक्तिमा स्वाइन फ्लुको एच १ एन २ देखिएको थियो । यो सुँगुरमा फैलिने भाइरस हो तर मानिसमा यो स्ट्रेन फेला परेको यो पहिलो घटना हो। अहिले ती व्यक्ति पूर्णरुपमा निको भइसके पनि उनको निगरानी भइरहेको छ ।
युकेएचएसएका घटना निर्देशक डा. मीरा चन्दले बेलायतमा मानिसमा यो भाइरस भेटिएको यो पहिलो पटक भएको बताइन् । यो सुँगुरमा पाइने भाइरस जस्तै हो। उनले तोकिएको प्रोटोकल अनुसार ती व्यक्तिलाई कसरी संक्रमण भयो भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताइन् ।
Facebook Comment