इमरान खानलाई जेलमै भेट्न गए अमेरिकी राजदूत, ३३ करोड सहयोगको बाचा

डिसी नेपाल
१३ मंसिर २०८० १५:२१

काठमाडौं । सन् २०२४ को फेब्रुअरीमा हुने आमचुनाव अघि अमेरिका यस विषयमा प्रवेश गरेको छ । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानको पक्षमा माहोल देखेर अमेरिकी राजदूत डोनाल्ड ब्लूमले उनलाई जेलमा भेटेका छन् ।

ब्लुमले इस्लामाबाद नजिकै रहेको रावलपिंडीको अडियाला जेलमा यो भेटवार्ता गरेका हुन् । यस बैठकमा अमेरिकी पक्षले इमरान खानलाई सत्ताबाट हटाउनमा अमेरिकाको कुनै भूमिका नभएको स्पष्टीकरण दिएको छ ।

अमेरिकी राजदूत डोनाल्ड ब्लूमले बलुचिस्तानको क्वेटाको भ्रमण गरेका छन् । उनले पाकिस्तानलाई ३३ करोडको प्याकेज घोषणा गरेका छन् । यसअघि ब्लूमले अक्टोबरमा ग्वादर बन्दरगाहको भ्रमण गरेका थिए ।

अमेरिकाले करिब १५ वर्षदेखि बेवास्ता गरेको प्रान्त बलुचिस्तानसँग अमेरिकाको संलग्नता अचम्मको छ किनभने चीनको आर्थिक करिडोर सीपीइसी यहीँबाट गुज्रन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *