उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडाले थाइल्याण्ड गइरहेको विमान दिल्ली पुग्यो
काठमाडौं । उडानका क्रममा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान श्रीमतीलाई यो फ्लाइटबाट ओरालियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको थियो ।
विमान बिहान १०.३० बजे अलि अगाडि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
विमान अवतरण गरेपछि दुवैलाई टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, चालक दलका सदस्य र विमानका अन्य कर्मचारीले दुवैसँग कुरा गरिरहेका छन् ।
समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।
उडानकै क्रममा दुवैबीच झगडा भयो, त्यसपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरे । पाइलटहरूले एटीसीलाई ‘स्थिति र अनियन्त्रित यात्रु’ बारे जानकारी दिए।
एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराइन् र उनको हस्तक्षेप मागिन् । श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताइन् ।
Facebook Comment