अमेरिकामा आफन्तले नै यातना दिएर महिनौंसम्म कैदमा राखेका भारतीय विद्यार्थीको उद्धार
काठमाडौं । अमेरिकी प्रहरीले बुधबार अमेरिकी राज्य मिसौरीको एक घरमा छापा मारेर महिनौं कैदबाट एक २० वर्षीय भारतीय विद्यार्थीलाई रिहा गरेको छ ।
प्रहरीले उक्त व्यक्तिको नाम भने खुलाएको छैन । प्रहरीले यस मामिलामा वेंकटेश आर सत्तारु, श्रवण वर्मा पेन्मेचा र निखिल बर्मा पेन्मात्सालाई पक्राउ गरेको छ ।
बिहीबार उनीहरुविरुद्ध मानव बेचबिखन, अपहरण र जबरजस्ती आक्रमण आरोपमा मुद्दा दर्ता भएको छ ।
अधिकारीहरूले भनेअनुसार २० वर्षीय भारतीय विद्यार्थी सकुशल छन् र उनको अस्पतालमा उपचार भइरहेको छ।
यस मामिलामा, अभियोजक जो म्याककुलोचले भनेका छन् – यस व्यक्तिलाई उनका काकातर्फका भाईहरूले गत सात महिनादेखि बेसमेन्टमा बन्द राखेका थिए।
यस व्यक्तिको शरीरमा धेरै ठाउँमा हड्डी भाँचिएको र घाउ छ।
यो मानिसलाई विगत सात महिनादेखि बेसमेन्टमा थुनेर कच्ची भुइँमा सुत्न बाध्य पारिएको थियो । यति मात्र होइन, यो व्यक्तिलाई बाथरुम जान समेत दिइएन ।
Facebook Comment