हुलाकी राजमार्ग अन्तर्गत मोरङ–कटहरी सडकखण्डको निर्माण कार्य सुरु

डिसी नेपाल
१६ मंसिर २०८० १८:२७

मोरङ । मोरङ कटहरी सडकखण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः सुरु भएको छ । निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरुले बताएका छन् ।

हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भईरहदा यो सडकखण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए । २०७६ कार्तिक २४ गते काठमाडौंको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षा काम सक्ने गरी सो सडकखण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्र्को ठेकेदारबाट काम गर्राईरहेको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले दिए ।

आगामी वैशाख सम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ । विगत ३ वर्षा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ । २०७९ कार्तिक मसान्त सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैयाँ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *