हमास विरुद्ध इजरायलको स्थलगत कारबाही अब सम्पूर्ण गाजा पट्टीमा फैलियो

डिसी नेपाल
१९ मंसिर २०८० १२:४०

काठमाडौं । इजरायलले गाजा पट्टीको दक्षिणी सहर छाड्न मानिसहरूलाई आग्रह गरेको छ। सोमबार, इजरायलको भूमि अपरेशन दक्षिणी गाजामा प्रवेश गरेको थियो।

इजरायली आक्रमणपछि हताश मानिसहरूले अहिलेसम्म सुरक्षित मानिने क्षेत्र छोड्न थालेका छन्। इजरायली सेनाले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा नक्सासहित चेतावनी जारी गरेको थियो।

यस नक्सामा खान युनिस सहरको एक चौथाई क्षेत्रलाई पहेंलो रङमा चिन्ह लगाइएको थियो। चेतावनीमा खान युनिसको यो क्षेत्र खाली गर्न भनिएको छ ।

त्यहाँ नक्सामा दक्षिण र पश्चिम तर्फ देखाउने तीन तीरहरू पनि छन्, जसको माध्यमबाट मानिसहरूलाई भूमध्यसागर र इजिप्टको सीमा तर्फ जान भनिएको छ। यहाँ बस्ने ठूलो संख्यामा मानिसहरू पहिले नै विस्थापित भइसकेका छन्।

इजरायली आक्रमणको समयमा धेरै मानिसहरू सुतिरहेका थिए। आक्रमणका क्रममा मानिसहरु अत्यावश्यक वस्तुहरु प्लाष्टिकको झोलामा बोकेर भाग्नुपरेको थियो ।

अबु मोहम्मद नामका एक स्थानीय व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई भनेअनुसार उत्तरी गाजामा आफ्नो घर छोडेपछि उनी तेस्रो पटक आफ्नो जीवनका लागि भाग्न बाध्य भएका थिए।

उनले भने, “हिजो राती इजरायली ट्याङ्कले पूर्व र उत्तरबाट आक्रमण गरे। पश्चिमबाट पनि समुन्द्रबाट हमला भयो। विष्फोटले सृजना भएको रातो बत्तीले नुहाएको हाम्रो घर निरन्तर हल्लिरहेको थियो। बालबालिकामा डर र बेचैनी थियो । त्यहाँ अराजकताको वातावरण थियो।”

उनले भने, “यदि उनीहरूले हाम्रो ज्यान लिन चाहन्छन् भने हामीलाई गाजामा हाम्रो घरबाट किन निकाले?”

अबु मोहम्मदकी छिमेकी नसरीन भन्छिन्, “उनीहरूले हामीलाई उत्तरी गाजाबाट खान युनिस जान भनेका थिए। अहिले खान युनिसलाई बमबारी गरिरहेका छन्। अब खान युनिस पनि सुरक्षित छैन र हामी यहाँबाट रफाहमा सर्यौं भने पनि त्यो सुरक्षित छैन। तिनीहरू के चाहन्छन् ? हामी कहाँ जानुपर्छ?”

यसैबीच, इजरायली सेनाका प्रवक्ताले भने ‘हमास विरुद्ध इजरायलको भूमिगत कारबाही अब पूरै गाजा पट्टीमा फैलिएको छ। इजरायली सेनाले आतंककारीहरूको सामना गर्दै उनीहरूलाई मार्दै छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *