उच्च जोखिममा समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा

डिसी नेपाल
२० मंसिर २०८० १४:३२

सोल। मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुंगामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गरे।

सन् १९५० को दशकमा युद्धका कारण कोरिया प्रायद्वीप विभाजन भएपछि हजारौं उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए। सामुद्रिक मार्गबाट विचलन हुनु अत्यन्त दुर्लभ हुन्छ र यो स्थल मार्गको तुलनामा अत्यन्त खतरनाक मानिन्छ। केवल केही मुठ्ठीभरका मानिसले मात्र वास्तविक सामुद्रिक सीमा (उत्तरी सीमा रेखा) पार गर्न सक्छन्।

यद्यपि ३१ वर्षीय मछुवा किमले (सुरक्षाका कारण आफ्नो थर मात्र प्रयोग गर्न आग्रह गर्दै) उनलाई त्यस्तो गर्न सकिन्छ भन्ने विश्वास छ। उनले दुई असफल प्रयासपछि अन्ततः आफ्ना नौ सदस्यीय परिवारलाई उत्तर कोरियाबाट बाहिर निकाल्न सफल भए।

महिनौँसम्म उनले सीमा गस्तीका ढाँचाहरूको अध्ययन गरे र अवसरको प्रतीक्षा गरे। उत्तर कोरियाले कोभिड महामारीमा लकडाउन गरेपछि उसको तटीय नाकाबन्दीलाई हटाउन सुरु गरेसँगै उनी भाग्न सफल भए।

“मैले भूभाग र मौसमको अवस्थाको अध्ययन गरेँ र सामुद्रिक चेतावनी प्रभावकारी हुँदा सबैभन्दा खराब रातमा निस्किएँ”, उनले सोलमा एएफपीसँग भने। उहाँका अनुसार उहाँको परिवारका सबैजना यहाँसम्म कि उहाँका तीन वर्षको बच्चाले पनि उहाँहरू भाग्ने सफलता सुनिश्चित गर्न मिलेर काम गरे।

“मलाई दोस्रो पटक जन्मेको जस्तो लाग्छ”, किमले भने, “उत्तरमा आकाशमा उड्ने विमान केही यस्ता थिए जसलाई मैले मेरो सपनामा, फिल्ममा र टिभी नाटकहरूमा देखेको थिएँ, तर म अब वास्तवमै यसको सवारी गर्न सक्छु र मलाई अर्को जन्ममा जन्मेको जस्तो लागेको छ।”

महिनाैंको सोधपुछपछि किम अब उनको नयाँ जीवनका लागि अगाडि बढ्न तयार छन्। उनले दक्षिण कोरियामा अधिकारीहरूले उत्तर कोरियालीहरूका लागि नौ वर्षमा पहिलोपटक आयोजना गरेको प्रमुख रोजगार मेलामा भाग लिए।

कतिपय भगौडाले एकीकरण गर्न संघर्ष गरेका छन्। दक्षिण कोरियाको तीव्र आर्थिक विकाससँगै दशकौँको विभाजनको अर्थ त्यहाँ भाषिक, सांस्कृतिक र व्यावहारिक चुनौतीमाथि नियन्त्रण गर्न बाँकी छ। रोजगार मेला सरकारले आयोजना गरेको कयौँ पहलमध्येको एक हो जसले भगौडाहरूलाई सहयोग गर्न चाहन्छ।

सिओइएक्स कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नोकरीका दर्जनौं सम्भावनाबाट किम अत्यन्त चिन्तित थिए। मेलामा करिब एक सय कम्पनी र सार्वजनिक संस्थानहरूले भाग लिएका थिए। रोजगार पुस्तिकाहरूको खात हातमा लिँदै किमले भने, “म सिधै उत्तरबाट आएका हुनाले यस्तो संस्कृति अवस्थित भएकामा म अत्यन्त छक्क परेको छु।”

उत्तर कोरियामा माछा मार्ने उद्योगमा वर्षौंसम्म काम गरेका किमले लामो समयसम्म जहाजको नाविक बन्ने सपना देखेको बताए। यो उनको पूर्व घरमा असम्भव थियो। उत्तर कोरियामा ढुवानी (जहाज) उद्योग कडारूपमा नियन्त्रित छ, नोकरीमा पुग्न अत्यन्त सीमित छ र यो सही पृष्ठभूमि र जडानमा निर्भर छ।

“सामान्य मानिसका लागि नाविक बन्न केवल सपना हुनसक्छ”, किमले भने, “तर मैले यहाँ यदि तपाईंले थोरै मात्र प्रयास गर्नुभयो भने केही पनि सम्भव छ भन्ने सुनेको छु, त्यसैले मैले यसलाई लिने प्रयास गर्दैछु।”

किमले उत्तर कोरियामा शान्त र मेहनती जीवन व्यतित गरे र एक दिन आफैं डुंगा किन्ने दिशामा काम गरे। उनले माछा मार्ने डुंगामा चालक दलको सदस्यका रूपमा नोकरी सुरु गरे। पुनः धेरै पैसा कमाउनका लागि गोता लगाउन सिके।

अन्ततः उनले काठको डुंगा बनाउनका लागि पर्याप्त कमाए। उक्त डुंगालाई उनले दक्षिण कोरियाको जोखिमयुक्त सामुद्रिक यात्रामा निस्कनुअघि करिब पाँच वर्ष चलाए। जब उनका बच्चाहरू एक दिन ‘अनावश्यक दिमाग भड्किने सत्र’ बाट घर फर्किए, उनले उत्तर कोरियाबाट भाग्ने निर्णय गरे।

“मूलरूपमा उत्तर कोरियामा नभएको उनीहरूले गर्न, भन्न र जे चाहन्छन् त्यो देख्न सकुन् भन्ने म चाहन्थेँ, म त्यहाँ राम्रो संसार छ र एउटा ठूलो संसार छ भनेर उनीहरूलाई देखाउन चाहन्थें”, किमले भने, “यदि तपाईंले राम्रो योजना बनाउनुभयो र कडा परिश्रम गर्नुभयो भने उत्तर कोरियामा तपाईं स्थिर जीवन बिताउन सक्नुहुन्छ तर त्यहाँ कुनै स्वतन्त्रता छैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *