सशस्त्र प्रहरीद्वारा सीमा स्तम्भको मर्मत सम्भार सुरू

डिसी नेपाल
२२ मंसिर २०८० १३:४१

काठमाडाैं। सरकारको निर्णय अनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सीमा स्तम्भहरुको मर्मत सम्भार, रंगरोगन र पुनर्स्थापना गर्ने कार्य शुरु गरिएको छ।

शुक्रबार विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार शुरु गरेर सिमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सिमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए।

उनले सीमाक्षेत्रमा हुने गरेको लागुऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने बताए।

त्यस्तै सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले स्थानीयको सहयोग बिना सीमा सुरक्षा सम्भव नभएको बताए।

उनले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई मजबुद बनाउन राज्याले सिमा सुरक्षालाई वलियो बनाउनु पर्ने जिकिर गरे।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो।

मोरङको भारतसँग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन्। मोरङको सीमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *