फेरी घाइते भए नेमार , कोपा अमेरिकाको मुखमा ब्राजिललाई झट्का

डिसी नेपाल
१५ जेठ २०७६ ७:१२

काठमाडौं। कोपा अमेरिका सुरु हुनै लाग्दा ब्राजिललाई झट्का लागेको छ । उसका स्टार स्ट्राइकर नेयमार घाइते भएका छन् । मंगलबार टिमको प्रशिक्षणका क्रममा बायाँ घुँडामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए । ब्राजिल फुटबल कन्फेडरेशनका अनुसार उनको उपचार सुरु भइसकेको छ र उनलाई निरन्तर निगरानीमा राखिएको छ ।

आगामी जून १४ मा ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल बोलिभियासँग खेल्देछ । यसअघि बजिलले ५ जूनमा कतारसँग मैत्रीपूर्ण खेल खेल्देछ । यो चोटले नेयमारलाई ब्राजिलका सुरुवाती खेलबाट बाहिर राख्न सक्ने सम्भावना छ । उनी क्लवमा समेत लामो समय चोटका कारण खेल्न सकेका थिएनन् । जनवरीमा घाइते भएका उनी अप्रिलमा मात्र खेलमा फर्किएका थिए ।

२०१८–१९ को सिजन लगातार दोसे सिजन हो जहाँ उनी चोटका कारण मैदानबाट बाहिरिएका थिए । २०१७–१८ को सिजनमा पनि उनी घाइते भएर लामो समय मैदानबाट बाहिरिएका थिए । त्यसपछि उनी विश्वकपमा मात्र खेलमा फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *