साउथ चाइना सीमा फिलिपिन्स र चीनका जहाजहरूबीच लगातार दोस्रो दिन टक्कर, तनाव बढ्यो
काठमाडौं । दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबीच लगातार दोस्रो दिन टकरावको खबर आएको छ ।
दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुवै पक्षका जहाजहरूबीच टक्कर भएको समाचारमा जनाइएको छ । तर, यो विवादका लागि दुवैले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
फिलिपिन्सको कोस्ट गार्डले चिनियाँ जहाजहरूले पानीको तोप प्रयोग गरिरहेको बताएको छ। उनीहरूले भनेका छन् कि चिनियाँ जहाजहरूले दोस्रो थोमस सोल नजिकै उनको आपूर्ति जहाजहरू र्याम गर्ने प्रयास गरेका छन्। तर चीनले फिलिपिन्सले आफ्नो एउटा जहाजलाई प्रहार गरेको आरोप लगाएको छ ।
शनिबार पनि स्कारबोरो क्षेत्रमा चीन र फिलिपिन्सका जहाजहरू टकरावका घटना भएका छन् । चीन र उसका छिमेकी राष्ट्रहरूले दक्षिण चीन सागरमा आफ्नो नियन्त्रण दाबी गर्दै आएका छन्। चीनले पूरै साउथ चाइना सी आफ्नो भएको बताउँदै आएको छ भने फिलिपिन्सलगायत अन्य धेरै छिमेकी मुलुकले चीनले यहाँ अन्तर्राष्ट्रिय जलसन्धिको उल्लंघन गरिरहेको बताउँछन् ।
Facebook Comment