पूर्व इजरायली सैन्य अधिकारीको अनुमान – युद्ध अझै दुई महिना जारी रहन सक्छ

डिसी नेपाल
२६ मंसिर २०८० ११:२०

काठमाडौं । इजरायली सेनाका एक पूर्व उपकमाण्डरले इजरायल र हमासबीचको युद्ध अझै दुई महिना जारी रहने अनुमान गरिएको दाबी गरेका छन् । उनले इजरायलले गाजालाई हमासबाट मुक्त गरिरहेको पनि बताए ।

गाजा डिभिजनका सेवानिवृत्त उप कमाण्डर आमिर अविवीले बीबीसी न्यूजआवरमा बोल्दै भने, “हामी अहिले गम्भीर मोडमा छौं। धेरै आतंकवादी आत्मसमर्पण गर्दैछन्।”

उनले भने, “एक वा दुई हप्ता भित्र आइडीएफले गाजा पट्टीको उत्तरी भाग पूर्ण रूपमा नियन्त्रण गर्नेछ।”

सेवानिवृत्त डिप्टी कमाण्डरले भने, “यो एकदमै सघन जनसंख्या भएको क्षेत्र हो। यो हमासको शक्तिशाली गढ हो तर भौगोलिक रूपमा यो गाजा पट्टीको २० प्रतिशत मात्र छ। तर यो महत्त्वपूर्ण सफलता हुनेछ ।”

खान युनिसमा भने भारी लडाई जारी छ।

अभियानका बारेमा उनले भने, ‘इजरायलले गाजालाई हमासबाट स्वतन्त्रता प्रदान गर्दैछ।’

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *