इजरायल-हमास युद्धमा हालसम्म १८,२०५ प्यालेस्टाइनीको मृत्यु, ट्याङ्कहरू खान युनिसमा प्रवेश

डिसी नेपाल
२६ मंसिर २०८० १२:०५

काठमाडौं । हमासको स्वास्थ्य विभागले अक्टोबर ७ बाट सुरु भएको इजरायलसँगको युद्धमा हालसम्म १८,२०५ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार इजरायली कारबाहीमा हालसम्म ४९ हजार ६०५ जना घाइते भएका छन् ।

इजरायली ट्याङ्कहरू गाजा पट्टीको दोस्रो ठूलो सहर खान युनिसमा प्रवेश गरेपछि उनीहरूको कारबाही जारी छ। यी ट्याङ्कहरू लगातार खान युनिसमा प्रवेश गरिरहेका छन्।

गत साता मात्रै पूर्वी दिशाबाट यी ट्याङ्कहरू यस क्षेत्रमा प्रवेश गर्न थालेका थिए । यी ट्याङ्कहरू बिस्तारै खान युनिसको पूर्वी भागतर्फ सर्दै छन्, जुन निकै जटिल क्षेत्र हो।

यस क्षेत्रमा विशाल भवन, पसल र घना जनसंख्या छ। खान युनिसमा अहिले पनि धेरै मानिसहरु उपस्थित छन् ।

इजरायली सेनाले आज बिहान खान युनिसमा बस्ने मानिसहरूलाई अल-मवासी भनिने क्षेत्रतर्फ जान आग्रह गर्दै पर्चा बाँडेको छ।

तर यो एकदम सानो क्षेत्र हो र त्यहाँ कुनै पूर्वाधार छैन।

खान युनिस स्थित अस्पतालका निर्देशकले आफ्ना कर्मचारीहरू घाइतेहरूको बढ्दो संख्यासँग संघर्ष गरिरहेको बताए।

अस्पतालमा उपचारका लागि प्रयोग हुने वस्तुको मात्रा पनि घट्दै गएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *