अफिम उत्पादनमा म्यानमारले अफगानिस्तानलाई उछिन्दै पहिलो स्थानमा पुग्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार म्यानमारमा सबैभन्दा धेरै अफिम उत्पादन हुने गरेको । यस हिसाबले म्यानमार अफगानिस्तानलाई पछि पार्दै विश्वको पहिलो स्थानमा आएको छ ।
यस वर्ष म्यानमारमा अफिम उत्पादन ३६ प्रतिशतले बढेर १०८० टनसम्म बढ्ने सम्भावना छ । अफगानिस्तानमा ३३० टन उत्पादन भएको रिपोर्ट छ।
गत वर्ष तालिबानले लगाएको प्रतिबन्धपछि त्यसयता अफगानिस्तानमा अफिम खेती ९५ प्रतिशतले घटेको छ ।
यसैबीच, म्यानमारमा चलिरहेको गृहयुद्धका कारण अफिममा नाफा हुने भएकाले खेती तीव्र गतिमा बढेको छ ।
यस रिपोर्ट को लेखक जेरेमी डगलसले भनेका छन्, “फेब्रुअरी २०२१ मा भएको सैन्य विद्रोह पछिको आर्थिक, सुरक्षा र शासन अवरोधहरूले दूरदराज क्षेत्रका किसानहरू आफ्नो जीविकोपार्जनका लागि अफिमतिर लाग्न बाध्य छन्।”
अफिम संसारभर हेरोइन बनाउन मुख्य रूपमा प्रयोग गरिन्छ।
Facebook Comment