पाकिस्तानले डेरा इस्माइल खानमा भएको आक्रमणलाई लिएर तालिवानलाई कडा सन्देश पठायो
काठमाडौं । मंगलबार पाकिस्तानी सुरक्षाकर्मीमाथि भएको आक्रमणपछि पाकिस्तानको अन्तरिम सरकारले अफगानिस्तानको अन्तरिम सरकारलाई कडा सन्देश दिएको छ ।
पाकिस्तानको डेरा इस्माइल खान क्षेत्रमा भएको बम विस्फोटमा २३ पाकिस्तानी सुरक्षा बलका सैनिकको मृत्यु भएको छ ।
यस हमलाको जिम्मेवारी तहरीक-ए-जिहाद पाकिस्तान नामक संगठनले लिएको छ, जुन तेहरिक-ए-तालिबान पाकिस्तानसँग सम्बन्धित छ।
पाकिस्तान सरकारले अफगानिस्तानलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न भनेको छ।
यससँगै भनिएको छ– ‘अफगानिस्तान सरकारको शीर्ष तहले यस विषयको सार्वजनिक र कडा निन्दा गर्नुपर्छ। सबै चरमपन्थी संगठनहरू र तिनीहरूका शरण दाताहरू विरुद्ध प्रमाणित कदम चाल्नु पर्छ।’
‘अफगानिस्तानमा टीटीपीको नेतृत्व र यस हमलाका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी पाकिस्तानलाई सुम्पिनुपर्छ। पाकिस्तानविरुद्ध आतंकवादका लागि अफगानिस्तानको माटोको प्रयोग रोक्न सबै आवश्यक कदम चाल्नुपर्छ।’
Facebook Comment