नक्कली कागजपत्र बनाएर विदेश पठाएको आरोपमा अध्यागमन र एयरलाइन्सका कर्मचारी पक्राउ

डिसी नेपाल
२७ मंसिर २०८० १४:२४

काठमाडाैं। प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का र नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरविन यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

उनीहरुले ट्राभल एजेण्टसंग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिदालिदै पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए।

भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उत्तिर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैयाँ देखाउनुपर्ने भएकाले सोही अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको उनले बताए।

अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउपरेसंगै अन्य केही एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *