एमालेको संकल्प यात्रा गाली र आत्मप्रशंसामा केन्द्रित
![एमालेको संकल्प यात्रा गाली र आत्मप्रशंसामा केन्द्रित](https://www.dcnepal.com/wp-content/uploads/2023/12/Oli-2.jpg)
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि हातपात भएको छ ।
बिहीबार एमाले अध्यक्ष ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हातपात भएको हो । ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेका थिए ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित एमालेले ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गरिरहेको छ । सोही क्रममा एमालेको टोली धनकुटा पुगेको थियो । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका राईले ओलीलाई थप्पड हानेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।
एमालेले सञ्चालन गरेको यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले अवरोध गर्दै आएका छन् । यद्यपि, प्रहरीको सहयोगमा यात्रा जारी नै रहेको छ । पहिचानवादी आन्दोलनकारीले यातायात बन्द आह्वान गर्नुका साथै ठाउँठाउँमा अवरोध गर्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउसमेत गरेको छ ।
बिहीबार धनकुटाको लेगुवा, पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा आयोजना हुने भएको छ । यात्रा निरन्तर अगाडि बढीरहेको छ । ओलीमाथि आक्रमण भए’bout धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएको देखिएको बताए ।
‘पूर्वप्रधानमन्त्रीलाई स्वागत (आक्रमण गर्ने) गर्न आएकै देखिन्छ । रक्सी खाएकाले अली मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा । तैपनि हामी सोधपुछकै क्रममा छौं । बाहिर आए जस्तो छैन’ पौडेलले भने ।
ओलीलाई आक्रमण गर्ने राईसहित प्रहरीले १० जना पहिचानवादी आन्दोलनकारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनका अनुसार मदिरा सेवन गरेर कार्यक्रममा गएर अवरोध गर्न खोजेपछि राईलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी, एमालेको कार्यक्रममा पहिचानवादीले अवरोध गर्नसक्ने भन्दै बुधबार नै प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले किरात राई यायोख्खा धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसी तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङ, प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईलाई पक्राउ गरेको थियो ।
एमालेको संकल्प यात्रा गाली र आत्मप्रशंसामा केन्द्रित
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित एमालेले ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गरिरहेको छ । दलबलका साथ संकल्प यात्रा गरिरहेका एमाले अध्यक्ष ओलीले अधिकांश समय सरकारलाई गाली र आत्मप्रशंसामा समय खर्चिरहेका छन् ।
यस्तै उनले ‘मिसन २०८४’मा केन्द्रित हुन नेता कार्यकर्तालाई आह्वान गरिरहेका छन् । तर, निर्वाचन आउँन अझै चार वर्ष बाँकी रहेको अवस्थामा यसैबीच एमालेले के गर्ने भन्ने’bout एमाले अध्यक्ष ओली मौन छन् ।
१४ मंसिरबाट बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झन्डोत्तोलन गरेर ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुभारम्भ गरेका थिए । एक हजार ८ सय ७९ किलोमिटर लामो १९ दिने सो यात्रा २ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ ।
यात्रामा एमालेका नेता–कार्यकर्ता र शुभचिन्तक सहभागी छन् । स्थापित दललाई नयाँ दलले चुनौती दिइरहेका बेला र पुराना दलले केही गर्न नसकेको भन्दै निराश बनेका जनतालाई भेट्न ओली आफैं यात्रामा निरन्तर जुटेका छन् । तर, एमाले जनतासँगको भेटमा आफूले गरेको काम, भएको कमीकमजोरी, आगामी दिनका योजना र जनताको समस्याका विषयमा भन्दा आफ्नो जयजयकारमा उत्रिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–३ मा त एमालेले स्कुले बालबालिकाको दुरुपयोग गरेर ओलीको जयजयकार गर्दै भक्तिगान गाउन लगायो । सो कार्यक्रमको सार्वजनिक भएको भिडियोमा बालबालिका ‘केपी बा हाइहाई, अरू सबै बाइबाइ’ भनिरहेको देख्न सकिन्छ ।
विशेषगरी एमाले जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि चाहेको काम’bout अन्तरक्रिया गर्ने अठोटसहित संकल्प यात्रामा निस्केका हो । त्यस्तै, प्राप्त उपलब्धिको रक्षा गर्ने र सकारात्मक मनोविज्ञान निर्माण गर्ने पनि एमालेले यात्राको एजेन्डा बनाएको छ ।
तर, संकल्प यात्रामा ओलीको बाटो सरकारविरुद्ध अभिव्यक्तिमा मात्रै केन्द्रित रहेको छ । २०८४ सालमा हुने निर्वाचनसम्म पार्टीको अस्तित्व कहाँ पुग्ने हो ? भन्ने डरले आत्तिएर संकल्प यात्रा थालेका ओलीले जनतामाँझ कमीकमजोरी सुधार्ने र जनताका समस्याका विषयमा छलफल गर्नेतिर केन्द्रित छैनन् ।
प्रत्येक दिन फरकफरक जिल्लाका हुने संकल्प यात्राको सभामा अधिकांश समय उनी सरकारलाई नै गाली गर्दै आएका छन् । उनी, सरकारविरुद्ध मात्रै खनिएका छैनन्, राजावादीविरुद्ध पनि आगो ओकल्ने गरेका छन् ।
ओलीको आगो ओकल्याइ यतिमै सीमित छैन, पहिचानवादीमाथि पनि उसैगरी खनिने गरेका छन्, जसरी सरकार र राजावादीमाथि खनिन्छन् । संकल्प यात्राअन्तर्गत पर्वतको कुश्मा पुगेका ओलीले पहिचानवादी विदेशबाट सञ्चालित भएको आरोप लगाउँदै बुद्धि नफेरे सकिने समेत चेतावनी दिएका थिए ।
समृद्धिका लागि चाहेको काम’bout अन्तरक्रिया गर्ने अठोटसहित संकल्प यात्रामा निस्किएका ओलीले अहिलेको सरकारले आर्थिक, सामाजिक र राजनीतिक संकटलाई थेग्न नसक्ने निष्कर्ष निकाले पनि ती संकट समाधानको योजना के हुन् भन्ने’ मौन छन् ।
जनताका समस्या सुनेर त्यसको समाधानको उपाय पनि उनी सुनाउँदैनन् । सुनाउँछन् त केवल देशमा रहेको समस्या र सरकारका कमजोरी । पार्टीको एजेन्डा बोकेर संकल्प यात्रामा निस्केका ओली अन्ततः अरूलाई होच्याउने, खिस्याउने र गाली गर्नमै केन्द्रित भएका छन् । राजधानी दैनिकबाट
Facebook Comment