हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्ताको सुराकी दिनेलाई १ मिलियन डलर पुरस्कार

डिसी नेपाल
३० मंसिर २०८० १०:०२

काठमाडौं । हङकङ प्रहरीले प्रजातन्त्र समर्थक पाँच कार्यकर्ताको जानकारी दिनेलाई १ मिलियन हङकङ डलर पुरस्कार दिने घोषणा गरेको छ ।

यो रकम अमेरिकी डलरमा एक लाख २८ हजार र नेपाली रुपैयाँमा १ करोड ७० लाख हो।

यी प्रजातन्त्र समर्थक कार्यकर्ताहरूमा साइमन चेङको नाम पनि पर्छ। बेलायती वाणिज्य दूतावासका पूर्व कर्मचारी साइमनलाई २०१९ मा हाइ प्रोफाइल मुद्दामा हिरासतमा लिइएको थियो।

अन्य फ्रान्सिस हुई, जोए सिउ, जोनी फोक र टोनी चोई हुन्। यी सबैलाई हङकङको कडा राष्ट्रिय सुरक्षा कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ। यस कदमको बेलायत र अमेरिकाले आलोचना गरेका छन् ।

यी अधिकांश कार्यकर्ता बेलायत र अमेरिकामा बस्छन्। यी पाँच जनालाई ‘पृथकतालाई उक्साउने’ र ‘विदेशी शक्तिहरूसँग मिलेर काम गरेको’ अभियोग लगाइएको छ। र राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने जस्ता अपराधको आरोप लगाइएको छ।

राष्ट्रिय सुरक्षा विभागका प्रमुख सुपरिटेन्डेन्ट ली क्वाई-वाहले पत्रकार सम्मेलनमा भने, ‘उनीहरूले हङकङका जनताको हितलाई बेवास्ता गर्दै आफ्नो देश र हङकङ बेचेका छन्। राष्ट्रिय सुरक्षा विभागले तिनीहरूलाई छोड्ने छैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *