अमेरिका र क्यानडामा सिख नेताहरूलाई मार्ने षडयन्त्रको निष्पक्ष छानबिन हुनुपर्छ: ह्युमन राइट्स वाच
काठमाडौं । मानव अधिकार संगठन ह्युमन राइट्स वाच (एचआरडब्लु) ले अमेरिका र क्यानडाका सिख पृथकतावादी नेताहरूलाई मार्ने षड्यन्त्र रचेको आरोप र यसमा भारतीय अधिकारीहरुको संलग्नता रहेको आरोपको विस्तृत र निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘भारत सरकारले विदेशमा बसोबास गर्ने बुद्धिजीवीहरुलाई दुव्र्यवहार गरिरहेको आरोप लगाएको छ । र कार्यकर्ता विरुद्ध प्रचार प्रसार गर्न व्यस्त छ।’
एचआरडब्लुले अवैध हत्या र मानव अधिकार उल्लङ्घनको रिपोर्ट गर्छ । उसले भारत सरकारले संलग्न सुरक्षा बललाई कारबाही गर्न असफल भएको आरोप लगाइएको छ।
संगठनको एशिया निर्देशक एलेन पियर्सनले अमेरिका र क्यानडामा गैरकानूनी माध्यमबाट हत्याको योजनामा भारतको संलग्नता रहेको आरोप लगाउँदै यो मान्छे मार्ने प्रवृत्तिको विस्तार भनेका छन् ।
सेप्टेम्बर २०२३ मा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाली नागरिक तथा पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाइएका थिए ।
त्यसपछि नोभेम्बर २९ मा अमेरिकी अधिकारीहरूले सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको हत्या गर्ने प्रयास गरिएको र भारतीय अधिकारीले भारतीय नागरिक निखिल गुप्तालाई जिम्मेवारी दिएको आरोप लगाएको थियो ।
Facebook Comment