इजरायलको आक्रमणमा अल जजिराका क्यामेराम्यानको मृत्यु, परिवार गुमाइसकेका पत्रकार पनि घाइते
काठमाडौं । इजरायलको आक्रमणमा कतारको टेलिभिजन समूह ‘अल जजिरा’का एक प्यालेस्टिनी क्यामेराम्यानको शुक्रबार मृत्यु भएको छ । जबकि गाजाका प्रमुख संवाददाता घाइते भएका छन् ।
जब यो आक्रमण भयो, त्यसतिबेला दुवै जना दक्षिणी गाजाको खान युनिस सहर थिए । उनीहरू स्कूलमा इजरायली आक्रमणको बारेमा रिपोर्ट गर्दै थिए।
हत्या गरिएका क्यामेराम्यानको नाम समर अबु डक्का रहेको बताइएको छ भने घाइते संवाददाताको नाम वेल अल-दहदौह बताइएको छ ।
अल जजिराका अनुसार, जब तिनीहरू दुवै स्कूलमा इजरायली आक्रमणको रिपोर्ट गर्दै थिए अर्को ड्रोन आक्रमण हुँदा यो यो घटना भएको हो ।
रिपोर्टर दहदौहको हात र काँधमा गम्भीर चोट लागेको छ भने अबु डक्का रगतले लतपतिएको भुइँमा लडिरहेका छन्।
अस्पतालको ओछ्यानमा सुतेका दहदौहले अल जजिरालाई भनेअनुसार आक्रमणपछि रगत बगिरहेको थियो तर उनी भाग्न सफल भएका थिए।
उनका अनुसार उनले त्यहाँ उपस्थित एम्बुलेन्स कर्मचारीलाई क्यामेराम्यान अबु डक्कालाई खोज्न भनेका थिए । त्यसमा उनलाई अर्को एम्बुलेन्सले खोज्ने बताएइको थियो ।
अल जजीराले आफ्नो बयानमा भन्यो कि सिभिल डिफेन्स टोलीले डक्कालाई उनको शरीरबाट ठूलो रक्तस्रावका कारण मृत फेला पारेको थियो।
खान युनिसका ४५ वर्षीय अबु डक्का जुन २००४ देखि अल जजिराका लागि काम गरिरहेका थिए। अबु डक्काको मृत्युबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यसअघि अस्टोबरको अन्त्यमा घाइते पत्रकार दहदौकी श्रीमती, छोरा, छोरी र नातिको मृत्यु भएको थियो ।
अल जजिराले इजरायलले दहदौहको परिवारलाई जानाजानी निशाना बनाएको आरोप लगाएको थियो।
दहदौहलाई प्यालेस्टिनी जनताको अनुहार मानिन्छ। प्यालेस्टाइनको पीडा र कठिनाइहरू संसारलाई बताउनका लागि गाजामा उनलाई उच्च सम्मान गरिन्छ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा हमास र इजरायलबीचको युद्ध सुरु भएयता अबु डक्कासहित ६४ पत्रकार मारिएका छन् ।
मारिएका पत्रकारहरुमा ५७ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी रहेका छन् ।
अल जजिराले आफ्नो विज्ञप्तिमा “इजरायललाई अल जजिराका पत्रकार र उनीहरूका परिवारलाई व्यवस्थित रूपमा लक्षित गरी हत्या गर्न जिम्मेवार ठहराएको छ।”
डिसेम्बरको सुरुमा अर्को आक्रमणमा अल जजीराका अर्को संवाददाता मोमेन अल शराफका बुबा, आमा र अन्य २० परिवारका सदस्यहरू मारिए।
Facebook Comment