ट्वीटरमा राजतन्त्रबारे टिप्पणी गर्दा थाइल्याणडकी सांसदलाई ६ वर्ष जेल सजाय

डिसी नेपाल
२ पुष २०८० १५:१८

काठमाडौं । थाइल्याण्डको एक अदालतले मुभ फरवार्ड पार्टीकी एक महिला सांसदलाई शाही परिवारको अपमान गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले महिला सांसदलाई राजाको आलोचना र दुर्भावना फैलाएको अभियोगमा दोषी ठहर गरेको थियो । तर, अदालतले पछि उनलाई १४ हजार पाउण्डको धरौटीमा रिहा गर्दै भविष्यमा यस्ता अपराध नगर्न चेतावनी दिएको छ ।

जानकारीका अनुसार २८ वर्षीय सांसद रुक्चानोक श्रीनोर्कले सोसल मिडिया ह्यान्डल एक्समा दुईवटा ट्वीट रिट्विट गरेकी थिइन् । यस मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको छ ।

यस वर्षको मे महिनामा थाइल्याण्डमा भएको आम चुनावमा आईईएसको प्रतिनिधित्व गर्ने मुभ फरवार्ड पार्टीले भारी जित दर्ता गरेको थियो।

तर, सबैभन्दा बढी सिट जितेर पनि यो पार्टीले सरकार बनाउन नसकेको कारण चुनावी अभियानका क्रममा नवनिर्वाचित सिनेटले देशको सबैभन्दा कठोर कानूनलाई संशोधन गर्न अपील गरेको थियो र यो कानूनको प्रयोगको आलोचना गरेको थियो।

त्यसैगरी, २०२० मा पनि यो कानूनलाई लिएर देशभर ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो। त्यसपछि मानवअधिकारकर्मीका विभिन्न समूहले सन् २०२० मा यी कानुन अन्तर्गत करिब २६० जनालाई आरोपित र आन्दोलनमा सहभागी २ हजार जनालाई विभिन्न कानुन अन्तर्गत कारबाही गरिएको बताए । कानूनको आलोचना गर्नेहरू यो कानून आवाज दबाउन प्रयोग भएको बताउँछन्।

यो कानून थाइल्याण्डमा ११२ कानूनको रूपमा चिनिन्छ। कानुनअनुसार दोषीलाई बढीमा १५ वर्षसम्म कैद सजाय हुनसक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *