पाकिस्तान पिपुल्स पार्टीले बिलावल भुट्टोलाई प्रधानमन्त्री र जरदारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

डिसी नेपाल
२ पुष २०८० १५:४०

काठमाडौं । पाकिस्तानमा अर्को वर्ष आम निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पाकिस्तान पिपुल्स पार्टीले पार्टी अध्यक्ष बिलावल भुट्टो जरदारीलाई आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवार बनाउने घोषणा गरेको छ । उनका पिता आसिफ अली जर्दारी राष्ट्रपतिको उम्मेदवार हुनेछन् ।

पाकिस्तान मुस्लिम लिग-नवाज पार्टी (पीएमएल-एन) ले पार्टी प्रमुख र तीन पटकका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई प्रधानमन्त्री पदका लागि उम्मेदवार बनाउने घोषणा गरिसकेको बेला यो घोषणा भएको हो।

पीपीपीका सूचना सचिव फैसल करिम कुण्डीले भने – बिलावल भुट्टो प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् र हाम्रो चाहना २००८ को दोहोर्याएर आसिफ जर्दारीलाई राष्ट्रपति बनाउने हो। ६८ वर्षीय जरदारी सन् २००८ मा भएको निर्वाचनपछि पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

उनी सन् २०१३ सम्म यो पदमा रहे । जबकि ३५ वर्षीय बिलावल भुट्टोले अप्रिल २०२२ देखि अगस्ट २०२३ सम्म विदेशमन्त्रीको पद सम्हालेका थिए। करिम कुण्डीले फेब्रुअरी ८ सम्म निर्वाचन लम्ब्याउन नहुने बताए । उनले निर्वाचनका लागि पीपीपी पूर्णरुपमा तयार रहेको समेत बताए ।

हालै पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले देशको भावी प्रधानमन्त्री लाहोरबाट नहुने बताएका थिए । यो भन्दै उनले लाहोरका निवासी नवाज शरीफलाई निशाना बनाएको विश्वास गरिएको थियो । पाकिस्तानमा चुनावअघि समीकरणहरू तीव्र गतिमा परिवर्तन हुँदैछन्। एकातिर बिलावलले अर्को वर्ष आफ्नो पार्टी आफैँ चुनाव लड्ने संकेत गरेका छन् । उनको पार्टी पीपीपीलाई चुनाव जित्न अरु कसैको सहयोग चाहिँदैन ।

पाकिस्तान बहुदलीय संसदीय लोकतन्त्र हो। प्रधानमन्त्री र राष्ट्रपतिको निर्वाचन कुनै दलले जितेको सिट संख्यामा आधारित हुन्छ । प्रधानमन्त्री वा राष्ट्रपतिको मनोनयनले मतदातालाई प्रधानमन्त्री र राष्ट्रपति पदको दौडमा को छ भनी थाहा पाउन मद्दत गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *