गोप्य तस्वीर खिचेर ‘ब्लाकमेलिङ’ गर्ने ‘पुष्पा’ का कलाकारद्वारा अपराध स्वीकार

डिसी नेपाल
३ पुष २०८० ९:४९

मुम्बइ। फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनका साथी केशवको भूमिका निर्वाह गरेका अभिनेता जगदीशले अन्ततः आफ्नो अपराध स्वीकार गरेका छन्।

एक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा अभिनेतालाई गत डिसेम्बर ६ मा पक्राउ गरिएको थियो। जगदीशले युवतीलाई व्यक्तिगत तस्बिर खिचेर दुव्र्यवहार गरेको आरोप लागेपछि पीडितले आत्महत्या गरेकी थिइन्।

टिभी ९ को रिपोर्टका अनुसार सोधपुछ पछि जगदीशले महिला जुनियर आर्टिस्टको खराब नियतले तस्बिर खिचेको र ती तस्बिर लिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरिरहेको स्वीकार गरेका हुन्। जगदीशले ती युवतीलाई अर्का पुरुषसँग प्रेम गरेको र उनीसँग इर्ष्या गर्ने गरेको बताए। जगदीशले ती महिलालाई पाँच वर्षदेखि चिनेका थिए तर ‘पुष्पा’ पछि उनीहरु अलग भएका थिए।

समाचार गत नोभेम्बर २९ मा एक महिला जुनियर आर्टिस्टले झुण्डिएर आत्महत्या गरेकी थिइन्। त्यसपछि मृतकका बुवाले प्रहरीमा उजुरी दिएका थिए। जगदीशले पीडितको गोप्य तस्बिर अरू कसैसँग खिचेर ब्ल्याकमेल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जगदीशको धम्कीबाट दिक्क भएर ती महिलाले आत्महत्या गरेको जनाइएको थियो, जुन उनले अपराध स्विकार गरेका छन्।

जगदीशको कुरा गर्ने हो भने, उनले सन् २०१८ मा फिल्म ‘निरुयोगा नटुलु’ बाट अभिनयमा डेब्यु गरेका थिए। त्यसपछि उनी २०१९ को फिल्म ‘मल्लेशम’ र २०२० मा आएको फिल्म ‘पलासा’ १९७८ मा देखिएका थिए। उनले २०२१ मा ‘पुष्पाः द राइज’ मा केशवको भूमिका निर्वाह गरेका थिए भने अब उनी ‘पुष्पाः द रुल’ मा पनि देखिने भएका थिए, अब उनको रोल के हुन्छ यसै भन्न नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *