चीनले अर्बौं डलर खर्च गरेर निर्माण गरेको सहर ‘भूताहा’ कसरी बन्यो ?

डिसी नेपाल
३ पुष २०८० १५:४०

काठमाडौं । यो एक सहर हो जुन समुद्रको किनारमा अवस्थित छ। यहाँ ठूला भवन, गल्फ कोर्स, वाटर पार्क, अफिस, बार, रेस्टुरेन्ट लगायतका सबै प्रकारका सुविधाहरूको विकास गरिएको थियो ।

हरियालीका बीच १३७० हेक्टर क्षेत्रफलमा भव्य भवनहरू निर्माण गरिएको थियो । यहाँ १० लाख मानिसलाई बस्ने व्यवस्था गरिएको थियो । यो परियोजनालाई वन सिटी नाम दिइएको थियो। तर आज यहाँ कोही बस्दैनन् । पुरै सहर सुनसान छ । यसको नाम आफैंमा ‘भूताहा शहर’ राखिएको छ।

आज चीनका कारण मलेसियाको यो सहरले कहिल्यै नगरेको अपराधको सजाय भोगिरहेको छ । चीनले मलेसियालाई सुन्दर सहरको सपना देखाएको थियो तर आठ वर्ष बितिसक्दा पनि सुनसान छ ।

चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत सन् २०१६ मा यो परियोजना सुरु गरेको थियो। यो काम देशको सबैभन्दा ठूलो कम्पनी कन्ट्री गार्डनलाई दिइएको थियो।

कम्पनीले १०० अर्ब डलरको काम पाएको थियो । सन् २०१६ मा नै देशको क्लुआङ जोहोनमा यस विषयमा काम सुरु भएको थियो । तर तीन वर्षपछि कोरोना भाइरस आयो ।

त्यसपछि यहाँको काम ठप्प भयो । कोरोना भाइरस हट्दै जाँदा कम्पनीको आर्थिक अवस्था नाजुक भइसकेको थियो । कम्पनीमाथि १०० अर्ब डलर ऋण छ । आज यो आयोजना सुरु भएको ८ वर्षभन्दा बढी भइसकेको छ ।

अहिलेसम्म १५ प्रतिशत मात्रै काम सकिएको छ । जहाँ १० लाख मानिसका लागि घर बनेका थिए तर त्यहाँ एक प्रतिशत मात्रै बसोबास गरिरहेका छन् । बाँकी घरहरु खाली छन् । न त पार्कमा कोही देखिन्छ न मलमा ।

चीन सरकारले आधिकारिक रुपमा यहाँ जो कोहीले पनि घर किन्न सक्ने बताएको थियो । तर वास्तवमा उनको मनसाय चीनका मध्यम र धनी वर्गका मानिसहरूले यहाँ पैसा लगानी गर्न सकून्, अर्थात् घरहरू किन्न सक्ने थियो। यो सहर सुनसान भएकाले मलेसियाका मानिसहरु यहाँ बस्न आउँदैनन् । यहाँ बस्दा नकारात्मकता महसुस हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *