अनि कसरी विश्वास गर्नु कमरेड ?
जापान। अब त केही होला कि भनेर विगतका सबै अपराधलाई माफ दिन खोज्यो जनताका सामु नयाँ आपराधिक काण्ड ल्याइहाल्छन्। जनताले विश्वास गर्न छाडे भन्ने बुझ्दा बुझ्दै पनि दलका प्रमुख नेताहरुका हरकत यतिसम्म गिर्न थाले कि सम्पूर्ण व्यबस्थाप्रति विश्वास उड्न थालिसकेको छ।
यो अवस्था आउनु हजारौंको रगत, पसिनाप्रतिको अपमानमात्र होइन, लाखौंको सपनामाथिको घात हो। केही बर्षमै शासन व्यवस्थाको असफलताको कारक को को हुन र किन यस्तो अवस्था आइलाग्यो भन्ने पक्षको विश्लेषण जरुरी हुन्छ। वर्तमान व्यवस्थाको वकालतकर्ता मूलरुपमा तत्कालीन माओवादी हो। तर, यसको नेतृत्वको शुरुदेखिको हर्कतलाई हेरौं त।
तत्कालीन माओवादी सेनाको सख्या जम्मा जम्मी ७ थियो। त्यसलाई सेना समायोजन हुँदा ४ हजारमात्र हुने देखेर गाउभरका बेरोजगार युवालाई जागिरको लोभ देखाएर, वालसैन्यसमेत भर्ती गरेर पिटी परेड खेलाएर ३५ हजारको नाम राज्यलाई टिपाएदेखि नै शान्ति प्रक्रियापछिको लूटको श्रृंखला प्रारम्भ हुन्छ।
लडाकूका नाममा राज्यबाट निकाशा लिएको रकमको हिसाव कितावको मुद्दा अख्तियारमा त होला तर छानविनको आँट कसैले देखाएको छैन। शान्ति प्रक्रियायता माओवादी नेतृत्व र यसका अध्यक्ष प्रचण्ड निरन्तर सत्ता र शक्तिमा छन्।
चुच्चे नक्साबारे चुइक्क नबोली भारत भ्रमणबाट फर्केको कुरा जनतालाई भन्नु पर्दैन? बरु भारतमा जनसंगठन बनाएर जनयुद्ध सफल भएको बतएर उनले विदेशी भूमिमा विदेशी सहायतामा जनयुद्ध गरेको आफैंले प्रमाण दिएका छन्। तर जनताले नबुझेसम्म केही हुन्न।
जे सुकै होस्, जस्तोसुकै होस् सत्ता र शक्ति एकमात्र एजेण्डा बन्दा मुलुकमाथि घात भएको छ, उनी स्वयंको भ्रष्टिकरण भएको छ। आफ्नै नातिनीको केही दिनअघिको विवाहको समान्तवादी तरिकाले उनको भ्रष्टिकरणलाई प्रष्ट पारिदिएको छ।
२०७९ सालको निर्बाचनमा काग्रेससँग गठबन्धन गरे। उनी आफ्नाे माओवादी द्लको जनमत गिर्दो देखेपछि प्रधानमन्त्री हुने लालाचले त्यो गठबन्धनलाई लात हानेर एमालेको शरणमा आए। केपी ओली को ललिपपमा रमाउँदै केही समय गुजारे पनि यिनीको भित्री मक्सद भने अर्कै रहेछ।
विस्तारै एमालेसँगको सहकार्य कठिन र आफूले चाहे जस्तो नहुने देखेँपछि फेरि प्रधानमन्त्री हुन काग्रेसको पासोमा गए। यी यस्तै अस्थिर चरित्र र व्यक्ति केन्द्रीकृत हर्कत गरेकै कारण यिनको कद गिरेको त छ तर एक व्यक्तिको र उनको समूहको सत्ता महत्वाकांक्षाले मुलुकलाई भने नराम्ररी फसाएको छ।
केही समयअघि सुन प्रकरण लगतै भुटानी शरणार्थी काण्ड हेरौं ,अहिले एनसेलको खरिद प्रकरण हेरौं। नेत्रविक्रम चन्दलाई पक्राउ पुर्जी जारी गर्नुको कनेक्सनलाइ हेरौं, जनताको ध्यान अन्त मोडेर अरबौको चलखेल गर्न यी कति सम्मको हर्कत गर्छ्न भन्ने कुरा पछिल्लोपटक प्रधानमन्त्री भएपछि प्रष्ट हुँदै आएका छन्।
छानविनको नाटक गरेर आफ्ना र आफन्त जोगाउने अरुलाई फसाउने र सुशासनको नारा दिने यिनको कुटिलताले झन् झन् निराशा बढ्दो छ। प्रचण्डको कार्यकालमा आजसम्म भएका कुनै पनि घटनाहरुले निष्कर्ष पाएको छैन बरु समाज र राष्ट्रलाई आतंकित बनाएर व्यक्तिस्वार्थमा केन्द्रीत राजनीति उनको अभिष्ट हो।
२०५२ सालमा भारतको इसारामा नेपालमा जनयुद्द गरेर देशको अर्थतन्त्रलाई ध्वस्त बनाएको र मुलुकलाई बिकासमा ५० वर्ष धकेलेको आरोप लगाउन धेरै छन् अहिले पनि प्रचण्डलाई।
उनी अहिले प्रधानमन्त्री भएपछि पनि कसरी आफ्नाे वरिपरिका मान्छेलाई पोस्ने र विदेशी शक्ति रिझाउँदै नेपालको अर्थतन्त्र ध्वस्त बनाउनमै व्यस्त छन् भन्ने कुरा विभिन्न काण्डहरु र तिनमाथि उनले गरेको संरक्षणले प्रष्ट पारेकै छ।
हालै मलेसियाको कम्पनी एक्जियाटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली मुलका व्यक्ति सतिशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको नाट्रक मञ्चन गरेसँगै प्रचण्ड र सत्तासाझेदार दलको नियत उदांगो भएको छ।
नेपालको बिडम्बना नै भन्नु पर्छ यिनी मात्र होइन कि आजसम्म नेतृत्व गर्ने दलहरुले नव उदारवादको नाममा भएका उद्योगधन्दा ध्वस्त बनाउदै चर्को कुशासन चलाउँदा नेपालमा रोजगारीदेखि धेरै अवसरहरु खोसिए। जस्ले गर्दा आज हजारौंको सख्यामा नेपालीहरु विदेश जान बाध्य छ्न्।
नेपालका नेताहरुको इतिहास हेर्ने हो भने ,राष्ट्रियता ,राष्ट्रवादभन्दा विदेशीको चाकरी गरेर सत्तामा पुगेको इतिहास छ। एमसीसीको अति चर्को विरोध गर्ने प्रचण्ड नै त्यसका मतियार बनेर एमसीसी पारित गराएको घटनाले के देखाउँछ? प्रचण्ड कमरेड यसको जवाफ दिनु पर्दैन?
चुच्चे नक्साबारे चुइक्क नबोली भारत भ्रमणबाट फर्केको कुरा जनतालाई भन्नु पर्दैन? बरु भारतमा जनसंगठन बनाएर जनयुद्ध सफल भएको बतएर उनले विदेशी भूमिमा विदेशी सहायतामा जनयुद्ध गरेको आफैंले प्रमाण दिएका छन्। तर जनताले नबुझेसम्म केही हुन्न।
भोट दिएको जनताले हो र नेताले गरेका जनतामारा तमाम घटनाहरुको विरोधमा निराश भएर अहिलेलाई सहनुको विकल्प छैन। तर, सहने कहिलेसम्म हो? पापको घैला भरिएपछि त पोखिएला त कमरेड?
Facebook Comment