मलेसियाले इस्लाम बाहेकका धर्मका चाडपर्वमा गरिएको कडाइ हटाउने
काठमाडौं । इस्लामिक राष्ट्र मलेसियामा गैर-इस्लामी चाडपर्वसम्बन्धी एउटा ठूलो निर्णय उल्टिएको छ । यसअघि मलेसियामा केक वा अन्य कुनै बेकरी वस्तुमा मानिसहरूले लेखेर शुभकामना दिन पाउँदैनथे।
बेकरीहरूले पनि आफ्ना पसलहरूमा प्रदर्शनमा त्यस्ता केकहरू राख्न पाउँदैनथे । तर अब मलेसियाले इस्लाममा ‘हराम’ नभएको भन्दै गैर–इस्लामिक चाडपर्वका अवसरमा केकमा शुभकामना लेख्न अनुमति दिएको छ ।
मलेसियाले २०२० मा एक निर्देशन जारी गर्यो जस अनुसार हलाल प्रमाणीकरण भएका बेकरीहरूले गैर-इस्लामिक चाडपर्वहरूको लागि केक वा कुनै पनि बेकरी वस्तुहरूमा शुभकामना लेखेर बेच्न पाइँदैनथ्यो ।
मलेसियाको इस्लामिक विकास विभाग (जाकिम) ले यो नियमलाई उल्टाएको छ । जाकिमले सोमबार हलाल सर्टिफिकेट भएका बेकरी आउटलेटहरूले केक वा यस्तै बेकरी वस्तुहरूमा गैर-इस्लामिक चाडपर्वको शुभकामना लेख्न कुनै प्रतिबन्ध नरहेको बताएको छ ।
जाकिम हलाल व्यवस्थापन डिभिजनको कर्पोरेट संचार विभागले एक विज्ञप्तिमा भन्यो ‘जाकिमले मलेसियाको हलाल प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित मामिलाहरूको समीक्षा र पुन: मूल्याङ्कन गर्न जारी राख्नेछ। यो स्पष्टीकरणसँगै जाकिमको २०२० को अघिल्लो नियम अब लागू हुने छैन ।’
जाकिमको सोमबारको बयानपछि मलेसियाका बेकरीहरूले ‘मेरी क्रिसमस’ लेखिएको केकका लागि धेरै अर्डर प्राप्त गर्न थालेका छन्। दुई बेकरी आउटलेटहरूले मलेसियाली समाचार आउटलेट ‘द स्टार’लाई बताएअनुसार उनीहरूलाई धेरै कलहरू आएका छन् जसमा मेरी क्रिसमस लेखिएको केक अर्डर गरिएको छ।
Facebook Comment