अभिनेत्री कंगना रनौत २०२४ मा लोकसभा चुनाब लड्ने

डिसी नेपाल
५ पुष २०८० १२:५९

काठमाडौं । अभिनेत्री कंगना रनौत अब राजनीतिको क्षेत्रमा प्रवेश गर्न तयार छिन्। लामो समयदेखि कंगनाले लोकसभा चुनाव लड्ने चर्चा चलिरहेको थियो । अब यो खबरलाई अभिनेत्रीका पिता अमरदीप रनौतले पुष्टी गरेका छन् ।

जानकारीका अनुसार कंगना रनौतका पिता अमरदीप रनौतले अभिनेत्रीले चुनाव लड्ने तर भारतीय जनता पार्टी (भाजपा)को टिकटमा मात्रै चुनाव लड्ने स्पष्ट पारेका छन् । तर, उनी कहाँबाट चुनाव लड्ने भन्ने निर्णय पार्टीले गर्नेछ ।

कंगना रनौतले केही दिन अघि गुजरातको द्वारकामा मिडियासँग कुरा गर्दै भगवानले आशिर्वाद दिए अवश्य चुनाव लड्ने बताएकी थिइन् । त्यसयता कंगनाको राजनीतिमा प्रवेशको खबरको बजार तातेको थियो । हालै कंगना बिलासपुरमा रहेको राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा पनि सहभागी भइन् । त्यसपछि उनी मनालीस्थित आफ्नो घर गएकी थिइन् ।

दुई दिनअघि कंगनाले कुल्लुमा बीजेपीका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डा (जेपी नड्डा)सँग पनि भेट गरेकी थिइन् । यो भेटपछि कंगनाले चुनाव लड्नेबारे चर्चा बढ्यो ।

यसैबीच कंगनाका बुवा अमरदीप रनौतले मिडियालाई बयान दिँदै आफ्नी छोरी चुनाव लड्ने र भाजपाको टिकटमा मात्र चुनाव लड्ने पुष्टि गरेका छन् । तर, कहाँबाट टिकट दिने भन्ने निर्णय पार्टीले मात्र गर्ने हो ।

कंगनाले गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चण्डीगढ वा हिमाचल प्रदेशबाट चुनाव लड्ने सम्भावना रहेको चर्चा छ । तर, अहिलेसम्म केही निर्णय भएको छैन ।

कंगना रनौत हिमाचल प्रदेशको भाम्बला गाउँकी बासिन्दा हुन् र उनले मनालीमा घर पनि बनाएकी छिन् । उनको परिवार पनि मनालीमा बस्छ । कंगना र उनको सम्पूर्ण परिवार सधैं बीजेपीको समर्थक रहे।

कंगना रनौत पछिल्लो पटक फिल्म ‘तेजस’मा देखिएकी थिइन् । तर, फिल्मले दर्शकबाट खासै प्रतिक्रिया पाउन सकेन । नायिका चाँडै ‘इमर्जेन्सी’ मा देखिने भएकी छिन् । यो चलचित्रलाई उनले आफैंले निर्देशन गरेकी हुन् । फिल्ममा कंगना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *