भारतको केरलामा भेटिएको कोविड-१९ भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनको चेतावनी

डिसी नेपाल
५ पुष २०८० १५:५६

काठमाडौं । विश्व स्वास्थ्य संगठनले भर्खरै केरलामा पाइएको कोभिड-१९ भाइरसको जेएन-१ लाई “भेरिएन्ट अफ इन्टरेस्ट” को दर्जा दिएको छ।

हालै, यो संस्करण अचानक धेरै देशहरूमा देखा परेको छ। यसबाट संक्रमित हुनेको संख्या पनि तिव्र गतिमा बढेको छ ।

विश्व स्वास्थ्य संगठनले एक्समा लेखेको ‘यसको संक्रमण द्रुत रूपमा फैलिएको कारण जेएन.१ लाई “भेरिएन्ट अफ इन्टरेस्ट” भनिन्छ।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरियन्टमा नजर राख्न, सङ्क्रमण दरमा नजर राख्ने र निरन्तर निगरानी गर्न चाहेको अवस्थामा भेरियन्टलाई यो दर्जा दिन्छ।

यसै सन्दर्भमा, भारतको स्वास्थ्य मन्त्रालयले बुधबार राज्य सरकारहरूलाई अनुसन्धानको दायरा बढाउन र कोभिड-१९ को बढ्दो मामिलाहरूबारे सतर्क रहन भनेको छ।

विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ कि “यस प्रकारले भाइरल र ब्याक्टेरियाको संक्रमणको बृद्धिको बीचमा, विशेष गरी जाडो नजिकिँदै गरेको देशहरूमा सार्स-सीओभी-२ केसहरूमा वृद्धि हुन सक्ने अनुमान गरिएको छ।”

यस प्रकारका केसहरू अमेरिका, चीन, सिंगापुर र भारतमा दर्ता भएका छन्। चीनमा हालसम्म सातवटा केस दर्ता भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *