लेबनान सीमामा गोली हानाहानपछि हिजबुल्लाहद्वारा इजरायली शहरहरूमा रकेट आक्रमण सुरु
काठमाडौं । इजरायलले लेबनानको इरान समर्थित हिजबुल्लाहले आफ्ना शहरहरूमा राति रकेट आक्रमण गरेको बताएको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरहरूमा गरिएका छन्।
एक दिनअघि इजरायल र लेबनानको सीमामा दुई पक्षबीच गोली हानाहान भएको थियो ।
अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ ।
लेबनानको सरकारी सञ्चारमाध्यमले आफ्नो रिपोर्टमा इजरायलका लडाकू विमानहरूले आफ्नो क्षेत्रमा सीमाको २० किलोमिटर भित्र हवाई हमला गरेको बताएको छ।
इजरायलले हिजबुल्लाह कमाण्ड सेन्टरलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ ।
यसैबीच गोलान हाइट्सको इजरायली क्षेत्रमा सिरियाबाट चारवटा रकेट प्रहार भएको छ, त्यसपछि इजरायली सेनाले सिरियाली सेनाको चौकीमा पनि बमबारी गरेको छ ।
Facebook Comment