चेक गणतन्त्रको राजधानीको एक विश्वविद्यालयमा गोली चल्दा १४ जनाको मृत्यु

डिसी नेपाल
७ पुष २०८० ९:५८

काठमाडौं । चेक गणतन्त्रको प्रागस्थित एक विश्वविद्यालयमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ ।

चार्ल्स विश्वविद्यालयमा आक्रमण गर्ने बन्दुकधारी पनि मारिएको अधिकारीहरूले बताएका छन् । रोयटर्स समाचारका अनुसार विश्वविद्यालयका कर्मचारीहरूलाई कोठामा बस्न भनिएको छ। विद्यार्थीले आफूलाई कक्षाकोठामा थुनेर राखेको बताएका छन् ।

प्रहरीले यस क्षेत्रमा नआउन र घरभित्र मात्रै बस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *