पाकिस्तानमा अज्ञात आक्रमणकारीले गोली चलाउँदा ६ मजदुरको मृत्यु
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार अज्ञात आक्रमणकारीले ६ जना मजदुरको गोली हानी हत्या गरेको छ ।
समाचार एजेन्सी पीटीआईले पुलिसलाई उद्धृत गर्दै भनेअनुसार यी सबै कामदारहरू दक्षिण वजिरिस्तान जिल्लाको एक पुलिस स्टेशनको निर्माण कार्यमा संलग्न थिए।
ती मजदुरलाई निकै नजिकबाट गोली प्रहार गरिएको बताइएको छ । यो घटना तिनीहरू आ-आफ्नो पालमा रहेका बेला भएको हो ।
यस महिनाको १२ तारिखमा खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो।
उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो।
अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।
प्रतिक्रिया
Facebook Comment