हमासको समर्थनमा यमनमा ठूलो प्रदर्शन
काठमाडौं । यमनको राजधानी सानामा शनिबार हमासको समर्थनमा विशाल प्रदर्शन भएको छ ।
राजधानी साना सहित यमनको अधिकांश भूभाग इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ जसले हमासलाई समर्थन गर्ने घोषणा गरेका छन्।
हुथी विद्रोहीले लाल सागर हुँदै जाने मालवाहक जहाजमा ड्रोन र रकेटले आक्रमण गरिरहेका छन् । उनीहरूले इजरायल जान लागेकाहरूलाई आक्रमण गरिरहेको बताएका छन्।
यसपछि जहाजबाट सामान ओसारपसार गर्ने विश्वका धेरै ठूला कम्पनीहरूले लाल सागर पार नगर्ने घोषणा गरेका छन् ।
यसैबीच अमेरिकाले जहाज बचाउन नौसेना अभियान सुरु गरेको छ ।
इजरायल र हमास बीचको युद्ध अक्टोबर ७ पछि सुरु भयो, जब हमासले इजरायलमा आक्रमण गर्यो र १,२०० भन्दा बढी मानिसहरूलाई मारे।
इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएको हमासको दाबी छ ।
Facebook Comment