प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार तेस्रो जित, लुम्बिनी ९० रनले पराजित

डिसी नेपाल
८ पुष २०८० १२:३८

काठमाडौं। राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको खेलमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ । एपीएफले लुम्बिनीलाई ९० रनले पराजित गरेको हो।

एपीएफले दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको लसम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र जोडेपछि एपीएफले ९० रनको विशाल जित हात पारेको हो।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ एपीएफकी इन्दू बर्माले तीन तथा विनु बुढाले २ विकेट लिइन्।

यसअघि मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन जोडेको थियो।

उसका लागि राष्ट्रिय महिला टिमकी कप्तानसमेत रहेकी इन्दू बर्माले ७० रनको शानदार अर्धशतकीय पारी खेलिन्। मात्र ५१ बलको सामना गरेकी इन्दूले ७ चौका र १ छक्का प्रहार गरिन्। त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रनको अर्धशतकीय पारी खेलिन्।

त्यस्तै कप्तान सीता राना मगरले ८ रन थपिन्। बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र सर्मिला रोकाले समान १ विकेट लिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *