सलमान खानले पक्राउ गराएको बलिउड समिक्षक केआरकेको आरोप

डिसी नेपाल
१० पुष २०८० ८:१६

मुम्बई। चलचित्र समीक्षक तथा अभिनेता कमल रसिद खानलाई मुम्बई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ।

यो जानकारी केआरके आफैले एक्समार्फत दिएका छन्। केआरकेका अनुसार उनी नयाँ वर्ष मनाउन दुबई जाँदै थिए र त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। अभिनेताले आफ्नो गिरफ्तारीको लागि सलमान खानलाई दोष दिएकाे भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

केएआरकेले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै लेखेका छन, ‘म पछिल्लो एक वर्षदेखि मुम्बईमा छु। र म मेरो सबै अदालत मितिहरूको लागि नियमित रूपमा अदालत जाँदैछु। आज म नयाँ वर्षको लागि दुबई जाँदै थिए। तर मुम्बई पुलिसले मलाई एयरपोर्टमा पक्राउ गर्‍याे। प्रहरीका अनुसार २०१६ को एउटा मुद्दामा म वान्टेड छु। सलमान खानले आफ्नो फिल्म टाइगर-३ मेरो कारणले फ्लप भएको बताएका छन्।’

केआरकेले आफ्नो पोस्टमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न मिडिया संगठनहरूलाई पनि ट्याग गरेका छन्। अभिनेताले पोस्टमा थप लेखेका छन्, ‘‘यदि कुनै हालतमा मेरो प्रहरी चौकी वा जेलमा मृत्यु भयो भने सबैले थाहा पाउनुपर्छ कि त्यो हत्या हो। र तपाईं सबैलाई थाहा छ जिम्मेवार को हो।’

केआरकेले सन् २००८ मा फिल्म ‘देशद्रोही’ बाट बलिउडमा डेब्यु गरेका थिए। तर, त्यसपछि उनी कुनै पनि फिल्ममा नायकको रुपमा देखिएनन् उनी रियालिटी शो बिग बोसको पनि हिस्सा भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *