देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रबारे मोर्चामा छलफल भयो : माधव नेपाल

डिसी नेपाल
११ पुष २०८० १७:१२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिएका छन् ।

बुधबारबाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् ।

मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरु एक भएर गम्भीर रुपले अघि बढ्नुपर्ने बताए ।

संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनःस्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर हुुनुपर्ने स्थिति पुगेको बताए ।

‘अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेका छन् । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशभित्र षड्यन्त्रका तानावाना बुुनिरहेका छन्,’ उनले भने, ‘आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ । छलफल सुरु भएको छ, समाप्त भएको छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *