युद्धका कारण इजरायलको अर्थतन्त्र धराशायी
काठमाडौं । इजरायल र हमास बीचको युद्धले इजरायलको अर्थतन्त्रलाई ठूलो नोक्सान भएको छ । रिक्टर्स सेन्टरको प्रतिवेदनले युद्धको बीचमा यो त्रैमासिकमा देशको अर्थतन्त्रमा २ प्रतिशतसम्म गिरावट आउन सक्ने दाबी गरेको छ ।
यसका पछाडि धेरै कारण दिइएको छ र यो युद्धले इजरायली अर्थतन्त्रलाई नराम्रो अवस्थामा पुर्याएको बताइएको छ ।
न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार प्रख्यात अनुसन्धान केन्द्र टौब सेन्टर फर सोशल पोलिसी स्टडीजले इजरायल–हमास युद्धमा अर्थतन्त्रमा परेको क्षतिको प्रतिवेदन सार्वजनिक गरेको छ ।
यस प्रतिवेदनमा अर्थतन्त्रमा गिरावट आउनुका धेरै कारण उल्लेख भए पनि सबैभन्दा ठूलो कारण कामदारको अभाव रहेको बताइएको छ ।
हमाससँगको युद्धका कारण हजारौं कामदारहरू एक ठाउँबाट अर्को ठाउँमा सर्नु र कामबाट टाढिनुले देशको आर्थिक गतिमा ब्रेक लागेको बताएको छ ।
टौब सेन्टर फर सोसल पोलिसी स्टडीजका अनुसार २०२३ को अक्टोबरमा इजरायली श्रम बजारबाट करिब २०% श्रमशक्ति हराएको छ । हमाससँगको युद्ध सुरु भएपछि अर्थात अक्टोबर ७ पछि त्यसमा तीव्र गिरावट आएको छ ।
प्रतिवेदनका अनुसार इजरायलमा कुल कामदारको यो कमीको संख्या करिब ९ लाख हो। युद्ध बढ्दै जाँदा, इजरायलमा ठूलो संख्यामा मानिसहरूलाई रिजर्भको रूपमा सेनामा समावेश गरियो। यसले कामको वातावरणलाई असर गर्यो र अर्थतन्त्रको गतिलाई सुस्त बनायो।
युद्धका कारण इजरायलले ठूलो खर्च बेहोरेको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक गाजापट्टी छेउछाउका सिमानामा पनि हमलाको डर कायमै रहेकाले यी क्षेत्रका व्यवसाय ठप्प छन् । श्रमिक जनसङ्ख्याको ठूलो हिस्सा काममा नआउनुले इजरायली अर्थतन्त्रलाई प्रत्यक्ष असर गरिरहेको छ। बेरोजगारी भत्ताका लागि आएको आवेदनका आधारमा टौब सेन्टरले यो अनुमान गरेको हो ।
अक्टोबर ७ मा युद्ध सुरु भएदेखि डिसेम्बर २४ सम्म इजरायलमा १ लाख ९१ हजार ६६६ जनाले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । सेनामा ड्युटीका लागि बोलाइएको रिजर्भमध्ये १ लाख ३९ हजार श्रम बजारबाट बोलाइएको छ । जसका कारण धेरै उद्योगहरु प्रभावित भएका छन् ।
Facebook Comment