भक्तपुरमा आँखाका बिरामीको संख्या निरन्तर बढ्दो

भक्तपुर। भक्तपुरमा आँंखाका रोगीहरुको संख्या निरन्तर उकालो लागेको देखिएको छ । पछिल्लो ६ वर्षमा यो संख्या निरन्तर उकालो लागेको तथ्यांकले देखाएको हो।
ख्वप तीलगंगा आँंखा अस्पतालले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरुको संख्या निरन्तर बढ्दो छ । अस्पतालले सन् २०१८ बाट सेवा सुरु गरेको थियो।
सेवा सञ्चालनको पहिलो वर्षमा यहाँं २० हजार ४२७ जनाले सेवा लिएका थिए। त्यसको अर्काे वर्ष अर्थात् सन् २०१९ मा बढेर २५ हजार ७९४ जनाले सेवा लिए। त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ। कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ।
सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ म २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि भने निरन्तर बढ्दो छ। यसरी सन् २०२२ मा बढेर २५ हजार ५७३ जना सेवाग्राही अस्पताल आए। साथै फेरि बढेर सन् २०२३ को ११ महिनाभित्रमा पनि २९ हजार ७९४ जना सेवा लिन अस्पताल पुगे।
‘सेवा लिन आउने बिरामीहरुको संख्या प्रत्येक वर्ष बढ्दो छ,’ अस्पतालका इन्चार्ज धीरज अधिकारीले भने, ‘त्यसकारण अहिले हामी सेवा फराकिलो ठाउँंमा राख्ने योजनामा छौं ।’
ख्वप तीलगंगा आँंखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले याे अस्पताल अरु अस्पताल जस्तो नाफाको लागि नभई सेवाका लागि रहेकाले तुलनात्मक रुपमा कम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको सुनाए ।
काठमाडौंको तीलगंगा आँंखा अस्पताल भन्दा कम शुल्कमा आफूहरुले सेवा दिइरहेको उनको भनाई थियो ।
तीलगंगा आँंखा अस्पतालका डा मोहनकृष्ण श्रेष्ठले भक्तपुरका जनतालाई आँंखा उपचारको सेवा दिन भक्तपुर नगरपालिकासँंग मिलेर काम गरिरहेको जानकारी गराए। त्यसकारण यहाँंको नाम ख्वप तीलगंगा आँंखा अस्पताल राखेर कम शुल्कमा सेवा दिइरहेको उनले बताए।
यहाँं नयाँं बिरामीको दर्ताका लागि प्रतिव्यक्ति रु ८०, पुरानाका लागि रु ५० टिकट शुल्क रहेको छ ।
Facebook Comment