प्रचण्ड सरकारको एक वर्ष : निराशापूर्ण वर्तमान, अन्धकार भविष्य

पूर्ण ओली
१३ पुष २०८० ८:३८

गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालमा कुनै पनि गतिला कार्य नभएको उनी आफैंले महसुस गरेका छन्। यो सबै गठबन्धनको सरकारको कारण हो भने उहाँले गर्न खोजेका राम्रा काम के थिए? त्यसमा कसले भाँजो हाल्यो त्यो भन्न सकेनन्।

अहिले देशको आर्थिक स्थिति डामाडोल भएको, युवाहरुको बिदेशीने क्रम झनै बढेको, कुनै नयाँ उद्योग नखुलेका, शिक्षा र स्वास्थ्यमा झनै गुणस्तर कम हुँदै गएको, भ्रष्टाचारले नयाँ रेकर्ड बनाएको, बिदेशी हस्तक्षेप झनै बढेको, देशमा परम्परादेखिको सनातनी धर्ममाथि ठूलो हस्तक्षेप भएको, धार्मिक बिचलन ल्याएर सामाजिक सद्भाव बिथोलिएका आदी धेरै नराम्रा बिषय मात्र देखिए।

अब आउँदो बर्ष उनले गर्ने भनेर केही कार्यक्रम देखाए पनि जनताका आधारभूत बिषयलाई सम्बोधन गर्न सकेका  छैनन्। देशलाई तिब्र बिकास गर्न आबश्यक र छिट्टै बिकास गर्ने सकिने आधारभूत बिषय कृषि खेती नै हो।

कृषि उत्पादन तथा त्यसमा आधारित उद्योग तथा ब्याबसायलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बिषयलाई फेरि पनि बेवास्ता गरिएको छ। रामपुर कृषि क्याम्पसमा पढेर रसिया गएका प्रचण्डले आफूले गाउँ घरमा देखेका र पढेको बिषयलाई मात्र ध्यान दिएको भए उन्ले कृषकका आधारभूत समस्या के हो भनेर पहिचान गर्न सक्नुपर्ने थियो।

कमसेकम उनले सिचाइँलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने कुरा अघि सारेको भए यसले पनि किसानलाई धेरै राहत दिने थियो। जतिपनि अहिले हाम्रा खेत बारी बाँझा भएका कारण नै पानी नभएर हो। त्यो मात्र हुन सके धान दुई बाली लाग्ने थियो।

साथै गहुँ, मकै, जौ, कोदो, दाल, गेडागुडीले हाम्रा खेतबारी खाली हुने थिएनन्। तरकारी, फलफूल खेती तथा पशु पन्छी पालनमा कृषकलाई प्रतक्ष्य अनुदान दिनु पथ्र्यो। अहिलेसम्म दलाल र ठूला व्यापारीले त्यसको फाइदा लिइरहेका छन्।

हुन त प्रचण्ड हिम्मत नभएको मानिस अवश्य होइनन्। जसले सत्ताको लागि १७ हजार निर्दोष नेपाली मारेर अहिले सत्ताको तर मारेर बसेका छन्। तर उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डर र आश दुबै भएकोले शायद धर्म निरपेक्ष छिट्टै हट्ने संभावना धेरै देखिन्छ

व्यावासायिक कृषिलगायत बायो ग्यासमा प्राविधिक सहयोग र आर्थिक सहयोगसहित स्थानीय निकायलाई प्रतक्ष्य अनुदानको रकम पठाइदिने कार्यक्रम ल्याइदिएको भए यसले स्थानीय निकायलाई सकृय बनाएर किसानलाई प्रतक्ष्य लाभ पुर्‍याउन सजिलो हुने थियो।

गाउँमा कम्पोस मलमा पनि अनुदान दिन सकिन्थ्यो। (किनकि युरिया मलको कारखाना बनाउने गफ धेरै बर्षदेखि हामीले सुनिरहेका छौ। किनकि मल खरिदमा टन्न कमिसन आइरहन्छ) यति गर्ने कार्यक्रम राखिदिएको भए धेरै युवाहरुको स्वदेशमा रोजगार गरेर बस्ने थिए।

कृषिमा आधारित उद्योगको पहिचान गरेर त्यसलाई अनुदान र प्राविधिक सहयोग गरिने छ भनेको मात्र भएपनि स्वरोजगार गर्ने युवा उद्दमि प्रोत्साहित हुने थिए। स्थानिय निकायहरुमा कोल्ड स्टोरेज बनाइने छ भनेको भए किसानले बेमौसमी तरकारी उत्पादन गरेर धेरै आम्दानी गर्ने थिए।

बिदेशी तरकारी र फलफूलको आयत बन्द गरिने छ भन्ने किसानको हितमा बोलेको भए प्रधानमन्त्रीको हिम्मत देखिने थियो। तर बिदेशीको आगाडि हिम्मत गरेर बोल्न नसक्ने लाछी प्रचण्डबाट यस्तो आस कसरी गर्न सकिएला?

शिक्षा र स्वास्थ्यको नयाँ नीतिसहित नयाँ मेडिकल कलेज खोल्ने पूर्बाधारका नीति नियम केही खुकुलो पार्नेतर्फ बोल्नु भएको पनि बिदेश जाने युवाको लस्कर अलिक कम हुन सक्थ्यो।

सबै जनताको हित गर्ने नेपालको पहिलो सरकारी अस्पताल बीर अस्पतालको बजेट घटाएर बिरामिलाई खाना पनि दिन नसक्ने सरकारबाट अरु जन स्वास्थ्य सुधारमा के आस गर्न सकिएला?

लघुबित्त र सहकारीमा पीडित जनताको २० लाख ऋण सम्म सरकारले मिनाह गरिदिने छ भन्ने भाषण गरेर जनताको मन जित्ने अबसर प्रचण्डले गुमाए।

९० प्रतिशत भन्दा बेशी जनसंख्या सनातनी वैदिक धर्म मान्ने ओमकार परिवारका भएको बुझ्दा बुझ्दै सोनिया गान्धी र युरोपियनको दवावमा नेपाली जनतालाई पूरा बेवास्ता गरी लादिएको धर्म निरपेक्ष बिषयमा बहस गरी सही निर्णय लिइनेछ भन्ने भाषण गरेको भए अहिले हिन्दु धर्म मान्नेहरुको देशभरिको आन्दोलनमा केही ब्रेक लाग्ने थियो।

यो सबै देखेर पनि नदेखे जस्तो गर्ने प्रचण्ड अहिलेसम्म पश्चिमाको डलरमा रमाएका देखिन्छन्।निकट भविष्यमा भारतको अयोध्यामा श्री रामको मूर्ति प्रतिस्थापन हुने भएको छ। जुन मूर्तिको लागि नेपालबाट काली गण्डकीको बिसाल शिला लगिएको छ। नेपालका मुख्य नदीबाट जल लगिएको छ।

रामको ससुराल जनकपुरको जानकी मन्दीरबाट फलफूल र प्रसादी लगिँदैछ। उक्त मूर्ति प्रतिस्थापनको अबस्थामा संसारभरका डेढ अरब भन्दा बेसी हिन्दुले अबलोकन र समर्थन गर्ने कार्यक्रममा नेपालका प्रधानमन्त्री तथा राजाको उपस्थित अबश्य हुन सक्नेछ।

त्यसको प्रभाव अवश्य पनि संसारभरमा र नेपालमा पनि पर्नेछ। त्यसैले नेपाल सनातनी वैदिक हिन्दु धर्मको शिर भएको कारणबाट पनि नेपालमा धर्मनिरपेक्ष हटेर सनातनी हिन्दु धर्मको पुर्नस्थापना हुने संभावन बढ्ने छ।

त्यसकुराको ख्याल १२ बुँदेवालाले गर्न नसकेको हो वा भारतीय प्रधानमन्त्रीको इशारा कुरेर बसेका छन्। त्यो अवश्य पनि केही महिना भित्रमा देखिने छ। देशको अहिलेको बेहाल देख्दा शायद फाल्गुन लागेपछि नेपालमा हुन लागेका बृहत आन्दोलनमा जन उभार आउने संभावना देखिन्छ।

उक्त दवाव थेग्न प्रचण्डहरुलाई अबश्य पनि गाह्रो पर्ने छ। त्यसपछिको परीणाम भने भ्रष्ट र दलाल नेता मात्र होइन दलाल ब्यापारी, बरिष्ठ कर्मचारीपनि भागाभाग हुने अबस्था आउन सक्छ।

हुनत प्रचण्डले सबै मन्त्री सचिवलाई राखेर निर्देशन दिने भनेका छन्। त्यसबाट परीणाम नआए मन्त्री हटाउन सक्ने भनेका छन्। त्यसबाट पनि पार नलागे आफैं पनि हट्न सक्ने भनेका छन्। उक्त भनाइ ब्यबहारमा देखिनु प¥यो। प्रचण्डले सत्ता हतपत छोड्दैनन्।

छोडनु पर्‍यो भने उनले अहिलेका ठूला दलका बुढा नेतालाई जिम्मा लाउनु भन्दा नेपालको संबिधान संशोधन गरेर भएपनि जनताका चाहना अनुसार राजसंस्थासहित हिन्दुधर्म को प्रस्ताब गर्न सक्नेछन्।

साथै शासकीय स्वरुप परिवर्तन गरी प्रतक्ष्य सरकार प्रमुख प्रतक्ष्य जनताबाट निर्बाचित गर्न निर्बाचनको नियमलाई परिमार्जन गर्न सक्नेछन्। साथै प्रदेश सरकार हटाएर, लघुबित्त, सहकारी पीडित तथा बैंकबाट पीडित जनताको घर खेती लिलामीबाट जोगाउन केही लाख पैसा मिनाह तथा बैंकको ब्याज घटाउन इमर्जेन्सी पनि लगाउन सक्ने छन्।

यो उनको अन्तिम लक्ष होला जुन नेपाली जनताको हितमा हुनेछ। तर यति कार्य गर्न उनलाई अहिलेका १२ बुँदेका नेताहरुले अवश्य बाधा पुर्‍याउने छन्। यसको साथै अमेरिका र पश्चिामाको दवाव थेग्न पनि प्रचण्डलाई त्यति सजिलो हुनेछैन।

हुन त प्रचण्ड हिम्मत नभएको मानिस अवश्य होइनन्। जसले सत्ताको लागि १७००० निर्दोष नेपाली मारेर अहिले सत्ताको तर मारेर बसेका छन्। तर उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डर र आश दुबै भएकोले शायद धर्म निरपेक्ष छिट्टै हट्ने संभावना धेरै देखिन्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *