युगान्डाका शीर्ष खेलाडी बेन्जामिनको केन्यामा हत्या

डिसी नेपाल
१६ पुष २०८० १४:००

काठमाडौं । तीन ओलम्पिक खेलहरूमा युगान्डाको प्रतिनिधित्व गर्ने एथलीट बेन्जामिन किप्लागेट केन्यामा मृत फेला परेका छन्।

उनलाई छुरा प्रहार गरिएको स्थानीय समाचारहरुले जनाएका छन् । ३४ वर्षीय किप्लागेट सन् २०१२ लण्डन ओलम्पिकमा ३००० मिटर स्टीपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।

उनको शव केन्याको एल्डोरेट शहर नजिकै एउटा कारमा भेटिएको थियो। यो स्थान एथलीटहरूको लागि शीर्ष प्रशिक्षण केन्द्र हो।

उनको छाती र घाँटीमा चक्कुको घाउ भेटिएको थियो । उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको केन्या प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *