बालकुमारी घटना : भौतिक पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न निर्देशन
काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानविन गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार सिंहदरबारमा सरोकारवाला निकायसंग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ।
त्यस्तै बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन छ भने मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
बैठकले साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल पनि नगिर्ने गरि समस्याको समाधान गर्न न्यायोचित काम गर्न निर्देशन दिएको उनले बताए।
त्यस्तै समिति बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन सजक रहन प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै सुरक्षा निकायलाई प्रयाप्त आवश्यक स्रोत साधान उपलव्ध गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।
Facebook Comment