लडिरहेका रुसी सैनिकलाई नयाँ वर्षको अवसरमा पुटिनले के भने ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
यस अवसरमा पुटिनले भने, ‘म ड्युटीमा रहेका रुसी सैनिकहरूसँग कुरा गर्न चाहन्छु जो अहिले युद्धको मैदानमा सत्य र न्यायका लागि लडिरहनुभएको छ । तपाइँ हाम्रो नायक हुनुहुन्छ । हाम्रो हृदय तपाइँसंग छ। तपाइँको हिम्मतलाई सलाम र हामी तपाइँमा गर्व गर्छौं।
पुटिन भन्छन्, “मलाई राम्ररी थाहा छ कि तपाईंले आफ्नो नजिकका र प्रियजनहरूको माया गुमाइरहनुभएको छ। म तपाईंलाई भन्न चाहन्छु कि लाखौं रूसी नागरिकहरू तपाईंसँग छन्।”
पुटिनले भने, ‘हामीले विगतमा प्रमाणित गरिसकेका छौं कि हामी कठिन चुनौतीसँग जुध्न सक्छौं र हामी कहिल्यै झुक्ने छैनौं। कुनै पनि शक्तिले हामीलाई अलग गर्न सक्दैन।
रूस र युक्रेन फेब्रुअरी २०२२ देखि युद्धमा छन्। यो युद्ध विगत दुई वर्षदेखि चलिरहेको छ ।
यस युद्धका कारण रुसले पश्चिमी देशको प्रतिबन्धको सामना पनि गर्नु परेको छ । धेरै पश्चिमी देशहरू यस मुद्दामा युक्रेनको साथमा छन्।
यस युद्धमा रुसी सैनिकले पनि ज्यान गुमाएका छन् । पुटिनले आफ्नो सम्बोधनमा यी सैनिकहरूको उल्लेख गर्दैनन्।
Facebook Comment