भूकम्पपछि जापानका प्रधानमन्त्रीले भने – समयसँग दौडेर उसलाई जित्नुपर्छ

डिसी नेपाल
१७ पुष २०८० १६:४७

काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पपछि राहत कार्य जारी छ । यस भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । उद्धारकर्ताहरूले राहत कार्यमा निकै कठिनाइको सामना गरिरहेका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने, “हामीले प्रकोपबाट प्रभावित मानिसहरूलाई बचाउन समयसँग दौडनु पर्छ।” विपद् व्यवस्थापन सम्बन्धी बैठकपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘धेरै क्षति भएको पुष्टि भएको छ । धेरैको ज्यान गएको छ । भवनहरू भत्किएका छन् र धेरै ठाउँमा आगो लागेको छ।’

भूकम्पपछि करिब ३३ हजार मानिसले चिसोमा बिजुलीविहीन रात बिताउनु परेको थियो । अहिले पनि धेरै सहरमा खानेपानीको अभाव छ ।

भूकम्पपछि मानिसलाई बचाउने प्रयास भइरहेको छ भने एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका छन् । फुमियो किशिदाले भूकम्पपीडितलाई छिट्टै सहयोग पुग्ने विश्वास दिलाएका छन् ।

उनी भन्छन्, ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ । भवनमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बचाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *