क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको भन्दै मन्त्री किराँतीको आक्रोश
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको बिद्यालयमा पढाउन खोज्नेले देशको धर्मकोे रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गरे । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पढाउने, जन्मदिनमा केक काट्नेहरुले नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताए ।
त्यस्तै उनले सञ्चारमाध्यमले पनि भाइरल हुने र विवाद हुने कुरामात्रै देखाउने गरेको भन्दै असन्तुष्टि प्रकट गरे ।
Facebook Comment