युद्धपछि नेतान्याहुको लोकप्रियतामा ठूलो गिटावट, १५ प्रतिशत इजरायली मात्र समर्थनमा !

डिसी नेपाल
१८ पुष २०८० १२:२०

काठमाडौं । गाजामा हमासविरुद्ध इजरायलको कारबाही जारी छ । यस हमलामा हालसम्म २२ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । यी सबैको बीचमा एक सर्वेक्षण सार्वजनिक भएको छ । जसका अनुसार हमास विरुद्ध जारी युद्धले इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लोकप्रियतालाई ठूलो धक्का दिएको छ।

सर्वेक्षण अनुसार केवल १५ प्रतिशत इजरायली मात्र गाजामा हमास विरुद्धको युद्ध समाप्त भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नो पदमा रहुन् भन्ने चाहन्छन् । यद्यपि, प्यालेस्टिनी क्षेत्रमा आतंककारीहरूलाई दबाउने उनको रणनीतिलाई धेरैले समर्थन गरिरहेका छन्।

वास्तवमा, नेतन्याहुले दक्षिणी इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणपछि हमासलाई कुल्चिने वाचा गरेका थिए । योआक्रमणमा १२०० मानिसहरू मारिए र २४० मानिसहरू अपहरण गरी बन्दी बनाएका थिए। इजरायली सेनाले करिब तीन महिना लामो प्रतिआक्रामक कारबाहीमा गाजाको धेरै भाग ध्वस्त पारेको छ।

यसैबीच इजरायल डेमोक्रेसी इन्स्टिच्युट (आईडीआई) ले गरेको सर्वेक्षण मंगलबार सार्वजनिक भएको छ । यस सर्वेक्षणमा सोधिएका मध्ये ५६ प्रतिशतले बन्धकहरूलाई फिर्ता ल्याउन सैन्य आक्रमण जारी राख्नु नै उत्तम उपाय भएको बताएका छन् भने २४ प्रतिशतले इजरायली जेलबाट हजारौं मानिसलाई बन्धकहरूलाई फिर्ता ल्याउनका लागि रिहा गर्नुपर्ने विकल्प राम्रो भएको बताए। ।

गाजाका स्वास्थ्य अधिकारीहरूले युद्धमा २२,००० भन्दा बढी प्यालेस्टिनी मारिएका र अधिकांश जनसंख्या विस्थापित भएको बताएका छन्। इजरायलले झण्डै ८,००० प्यालेस्टाइनी लडाकुहरूलाई मारेको र हमासका नेताहरूलाई हटाउने वाचा गरेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *