सर्लाहीमा झडप, एक जनाको मृत्यु

डिसी नेपाल
२० पुष २०८० १६:५४

काठमाडौं । सर्लाहीको बरहथवामा नगर अस्पतालका विषयमा भएका प्रदर्शनको क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । बरहथवा ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा विवाद हुँदा झडप भएको हो ।

मृत्य हुनेमा स्थानीय २७ वर्षीय जयशंकर साह रहेका छन् । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध भएको आन्दोलनमा आन्दोलनकारीले तोडफोड र आगजनी गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो । निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो।

प्रहरीले आन्दालनलाई नियन्त्रणमा लिन अश्रुग्यासका साथै हवाई फायर समेत गरेको थियो । साहको मृत्यु गोली लागेर वा अन्य कारणले भएको भन्ने खुलेको छैन । उनको शव स्थानीयले नियन्त्रणमा लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *