अंकमालका लागि तयार थिइन् टिन्डरमा भेटिएकी महिला, जोशमा फुटबलरले बलात्कार गरिदिए

डिसी नेपाल
२१ पुष २०८० १३:४२

काठमाडौं । बेलायतको सन्डरल्याण्ड क्लवका मिडफिल्डर ज्याक डायमण्डले टिन्डरमा एउटी महिलालाई भेटे । प्रारम्भिक कुराकानी पछि दुवैले भेट्ने र त्यसपछि अंकमाल गर्ने निर्णय गरे। तर जब उनीहरू भेटे, उत्तेजित फुटबलरले महिलालाई बलात्कार गरे।

सन्डरल्याण्डका मिडफिल्डर ज्याक डायमण्डमाथि २०२३ मा बलात्कार र यौन उत्पीडनको आरोप लागेको थियो, जसका कारण उनलाई च्याम्पियनसिप क्लबबाट निलम्बन गरिएको थियो । उक्त कथित अपराध मे ७, २०२२ मा वाशिंगटनको फ्याटफिल्डस्थित उनको घरमा भएको बताइएको छ।

न्युक्यासल क्राउन कोर्टमा हाजिर हुँदै डायमन्डले बलात्कार र यौन दुर्व्यवहारको आरोप अस्वीकार गरे । तर महिलाले पुलिसलाई भनेअनुसार उनी फुटबलरसँग कडल वा अँगालो हाल्न मात्र राजी भएकी थिइन् तर फुटबलरले उनलाई बलात्कार गर्न चाहेका थिए। जसका लागि उनले उनीमाथि आक्रमण समेत गरेका थिए ।

यस मुद्दालाई ध्यानमा राख्दै अदालतमा थप तर्कहरू दिइयो र महिलाले अस्वीकार गर्दा पनि फुटबलरले उनीमाथि जबरजस्ती गरेको पाइयो। यस मामिलामा चाखलाग्दो कुरा के छ भने, फुटबलरले आफ्नो आचरणको लागि निश्चित रूपमा सजाय पाउनेछन् । तर उनको सम्पूर्ण फुटबल करियर ध्वस्त भएको छ ।

मार्च २०२३ मा ज्याक डायमन्ड विरुद्ध आरोप लगाइएको थियो, त्यसपछि उनको क्लबले उनलाई निकालेको थियो। यो मामिलामा अदालतले के फैसला गर्छ त्यो हेर्नु चासोको विषय हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *