उडानका क्रममा झ्याल फुटेपछि अलास्का एयरलाइन्सका सबै ६५ वटा बोइङ ७३७ विमान ग्राउण्डेड
काठमाडौं । अमेरिकामा एउटा घटना बाहिर आएको छ जसमा विमानको झ्याल उड्ने क्रममा उखेलिएको छ ।
यो घटनापछि अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ ‘बोइङ ७३७ म्याक्स ९’ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट रोकेको छ ।
अलास्का एयरलाइन्सले यी सबै विमानहरूको जाँच गर्ने र त्यसपछि उडान गर्न अनुमति दिने बताएको छ।
यसअघि पोर्टल्याण्ड (ओरेगन) बाट अमेरिकाको ओन्टारियो (क्यालिफोर्निया) जाँदै गरेको अलास्का एयरलाइन्सको विमानको एक भाग हावाको चापमा बिग्रिएर विमानबाट अलग भएको थियो ।
तर, यो विमान सकुशल अवतरण भएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ यो घटना भएको हो ।
अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।
Facebook Comment