९० वर्षकी जासुस, जसले ५० वर्षसम्म आफ्नो देशको सेवा गरिन्
काठमाडौं । यो कथा ९० वर्षकी महिलाको हो । उनले पाँच दशकसम्म देशको सेवा गरिन् । उनले जासुसी कार्यमा यस्तो विशेषज्ञता हासिल गरिन् कि सुरक्षा निकायलाई उनको बारम्बार आवश्यकता परेको थियो।
उनलाई अवकाश लिन समेत रोक लगाइएको थियो । यो काम गर्दा सधैं खुशी पाएको उनको भनाइ छ । यो काम उनलाई कहिल्यै काम जस्तो लागेन।
अहिले उनले आफ्नो कथा संसारलाई सुनाएकी छिन् । उनी बेलायतको सबैभन्दा लामो समय सेवा गर्ने जासूस महिला भएको बताइएको छ । उनको नाम बारबरा बताइएको छ । उनले बेलायती गुप्तचर एजेन्सी एमआइ ५ मा ५० वर्ष सेवा गरिन् ।
डेली स्टारको रिपोर्ट अनुसार बारबराको कथा सन् १९६८ देखि सुरु हुन्छ । त्यतिबेला शीतयुद्ध चरम सीमामा थियो । त्यसतिबेला उनलाई गृह मन्त्रालयबाट जागिरको अफर आयो ।
उनी भन्छिन्, ‘कामको अफर आएपछि मलाई एमआई फाइभमा आबद्ध छु भनेर भनियो। मैले एमआइ ५ को बारेमा कहिल्यै सुनेको थिइनँ, मलाई यसको अर्थ के हो थाहा पनि थिएन। चाँडै मलाई विदेशी गुप्तचर अनुसन्धान खण्डमा पोस्ट गरियो। मलाई शीतयुद्ध वा केजीबीको बारेमा केही थाहा थिएन, तर मैले चाँडै सबै कुरा सिकेँ।’
उनले १२ विभिन्न महानिर्देशकहरू अन्तर्गत विभिन्न विभागहरूमा काम गरिन्। १९९० मा सेवानिवृत्ति नजिक आइपुग्दा, बर्लिन पर्खाल भत्किँदा र सोभियत संघको अन्त्यको बेलामा, उनले सुरु गरेको ठाउँमा उनलाई फिर्ता पठाइयो।
यद्यपि, सेवानिवृत्त हुनु अघि बारबरालाई सोधिएको थियो कि उनले आफ्नो सेवानिवृत्ति छ महिनाको लागि स्थगित गर्न सक्छिन्।
उनले अझै दुई वर्ष काम गर्नुपर्यो । त्यसपछि २००७ मा, ९४ वर्षको उमेरमा, उनलाई एमआइ ५ को इतिहास खण्डमा काम गर्न भनियो। यहाँ बस्नुको कारण सोध्दा उनले भनिन्, ‘संस्थाले केही गराउन चाहन्छ भने म त्यहीँ बस्छु भन्ने लागेको थियो ।’ आफ्नो लामो जासूसी करियर बारे बारबराले भनिन्, ‘मैले धेरै रमाइलो गरेको छु र धेरै कुरा सिकेको छु।’
Facebook Comment