काठमाडौं जेसिजको ५४ औं पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

डिसी नेपाल
२३ पुष २०८० १८:२४

काठमाडौं। काठमाडौं जेसिज को ५४ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइतबार कुन्डलिनी ब्यांक्विटमा आयोजित कार्यक्रममा यही मंसिर १६ गतेको साधारण सभाबाट निर्वाचित अध्यक्ष एन्जिला खड्काको टिमको पदस्थापना र पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथि सभामुख देवराज घिमिरे र विशिष्ट अतिथिका रूपमा परराष्ट्र मन्त्री एनपी साउदले सम्बोधन गरेका थिए।

सभामुख घिमिरेले ५४ वर्षको जेसीजको इतिहासमा दोस्रो युवा महिला नेतृत्वका रूपमा निर्वाचित खड्कालाई बधाई तथा शुभकामना दिँदै हरेक तहमा युवा महिलाहरू नेतृत्वको रूपमा स्थापित गरेर जानुपर्नेमा जोड दिए। साथै मन्त्री साउदले आफ्नो स्थापना कालदेखि नै जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा खुसी व्यक्त गरे।

उक्त कार्यक्रममा विगत लामो समयदेखि अनाथ र मानसिक अवस्था कमजोर भएका व्यक्तिहरूको उद्धारमा महत्वपूर्ण योगदान पुर्याएबापत नेपाल स्नेही काख फाउन्डेसनलाई सम्मान गरिएको थियो भने विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका युवाहरूलाई सम्मान समेत गरिएको थियो । आफ्नो मन्तव्यका क्रममा नवनिर्वाचित अध्यक्ष खड्काले युवा पलायन आजको डरलाग्दो समस्यालाई हल गर्न उद्यमशीलताको विकास र युवामैत्री वातावरण बन्नुपर्नेमा जोड दिइन्।

साथै, युवाहरूको रचनात्मकता र सृजनशीलतालाई विकास गर्न बहुआयामिक पहलकदमीको आवश्यकतालाई औंल्याउँदै राज्य र युवाहरूबीचको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता रहेको बताइन्। अध्यक्ष खड्का एक सफल युवा उद्यमीका साथै समाजसेवी पनि हुन् ।

उक्त कार्यक्रममा करिब ५०० जना युवाहरूको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *