इराकमा नेपाली शान्ति सैनिक अदलीबदली

डिसी नेपाल
२४ पुष २०८० २०:३४

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी राजेन्द्र पराजुलीको नेतृत्वमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिक बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *