गौतमहरुको आदिमस्थल गोतामकोट : एक परिचय
ऋषि महर्षिहरुको तपोभूमि, सनातनधर्मको उर्वर क्षेत्र देवगणहरुको कृडास्थल, प्राकृतिक बरदानले भरिपूर्ण धर्म संस्कृतिको खानी तात्कालिन सिंजा राज्य अन्तर्गत पर्ने रुकुम जिल्लामा अवस्थित ऐतिहासिक पुण्यक्षेत्र हो।
गोतामकोट जो संधैं पबित्र र पावन छ । उर्वर र सितल छ । जसको दर्शनमात्रले पनि मानसिक र शारीरिक उर्जा पैदा हुन्छ । त्यस्तो पुण्यभूमिमा बसोबास गर्ने मानव जातिको वंश विकास र विस्तार नहुने त कुरै भएन । जसको प्रदीप्त उत्पादन हो । गोतामे अर्थात गौतम वंश ।यो प्रसिद्ध भूमि ठुलीभेरी नदीको देवे्रकाखमा अवस्थित छ । कोट नामले परिचित भएपनि यो एक सुन्दर उपत्यका हो।
गोतामकोट लगायत रुकुमकोट प्रसिद्ध छन् । यो जुम्ला जिल्लाका आठ दरा मध्ये भोटानदरा ९हालको डोल्पा० सँग जोडिएको छ। यो जिल्ला ७५४ मिटर देखि ६०००मिटर उचाइ अवस्थित यस क्षेत्र हिमाली तथा उच्च पहाडी हावापानीबाट यस क्षेत्रमा जीवन बुटी ९यार्चा० लगाएत सबै प्रकारका अन्नबाली, विभिन्न जडिबुटी वनस्पति जीवजन्तु पाइन्छन् । उच्च हिम श्रृङ्खलाको मनोरम दृश्य तालतलैया आदिका कारण हाल पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।
यो क्षेत्र कसरी हाम्रा पूर्वजहरुले विर्ता स्वरुप प्राप्त गरे भन्ने विषयमा एक किंवदन्ती प्रसिद्ध छ। रुकुमकोटमा एक बोकसे भन्ने जाँड राजाले राज्य गर्दथ्ये उनको स्वभाव अत्यन्त कुर दानवीय प्रवृत्तिको थियो । जसका कारक आजीत जनमानसलाई मुक्ति दिलाउन ब्राह्मणहरुले एक योजना रचना गरी जुम्लाका राजा पिथैवम्मसंग सल्लाह गरी यी दुबै राजाको मित लगाउने योजना निर्माण भयो।मित लगाउने समयमा चातुर्यतापूर्वक एक खाडलमाथि आसन लगाइ ती जाड राजालाई बस्न लगाइयो। त्यसै बखत खाडलमा खसेका बोकसे जाडराजालाई माथिबाट ढुङ्गाले थिचि मारियो र तिनै पिथैवम्म समाल ढुकुरीलाई नयाँ राजा घोषणा गरियो ।
यस जनउद्धारको सुखद् समाचारबाट जुम्लाका सिंजापति प्रसन्न भई उक्त क्षेत्र गोतामे उपाधि सहित बृताबक्स भएको हो । पछि रणबहादुर शाहको पालामा उक्त क्षेत्र बासठ्ठीहरणमा परेको भनिन्छ।यसबाट के पुष्टि हुन्छ भने त्यहि गोतामकोटमा बसोबास गर्ने हाम्रा पिता पुर्खाले गोतामे उपाधि सहित बृता प्राप्त गरेकाले गोतामे भनि चिनिन थालेका हुन्। तत् पश्चात् सामयिक परिवर्तन बसाई सराईको क्रम अनुसार फैलदै जाँदा गोतामे थले चिनिन थाले र गोतामेबाट गौतम लेख्ने परम्परा विकसित भई हाल गौतम थरले विश्वभर चिनिन्छन् ।
यसरी वैदिक कालदेखिनै आफ्नो सनतनीय धर्म परम्परा शास्त्रअध्ययन ज्ञानगुणले सम्पन्न ब्राह्मणका सन्तती रुकुमको गोतामकोटमा आइपुगे पश्चात् हामी सबै गौतम हुन गएका हौं। त्यस पुण्यभूमिको प्रभाव स्वच्छ र निश्कलङ्क वातावरणको असर देवभूमिको आशिर्वाद आदिका कारण अद्यापि सन्तति जहाँ जुनरुपमा पुगेपनि सामाजिक र उदारवादी भावना धार्मिक स्वभाव प्रजातान्त्रिक चरित्र जागृत रहेको छ।
भनिन्छ यथावारी तथा मति यथा अन्नम् तथा शरीरम् अर्थात हावा पानी जस्तो ग्रहण हुन्छ त्यसै मन र जस्तो अन्न ग्रहण हुन्छ त्यस्तै शरीर बन्दछ। इश्वरीय वरदान प्राप्त स्वर्गीय भूमि गोतामकोट वास्तवमै अििद्धतीय छ। जसले हामीलाई कर्मदियो, धर्म दियो संज्ञा दियो त्यस्तो समस्त गौतमहरुको उपज स्थल गोतामकोट अविस्मरणीय छ । जसको पुयण्प्रभाव हामीलाई मिलिरहेको छ । समस्त बन्धुवान्धवको जय होस् ।
Facebook Comment